वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब साताको दुई दिन सार्वजनिक बिदा

  • वैशाख २८, २०८३ / नेपाल रेखा
alt

धरान । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी जेठ ८ गतेदेखि साताको दुई दिन सार्वजनिक बिदा लागू गर्ने भएको छ । प्रतिष्ठानले सोमबार जारी गरेको विज्ञप्तिमार्फत नेपाल सरकारको निर्णयअनुसार शनिबार र आइतबार बिदा दिने व्यवस्था कार्यान्वयनमा ल्याइने जानकारी दिएको हो ।
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार २०८२ चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाको आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परिपत्र गरेपछि प्रतिष्ठानले पनि सोही व्यवस्था लागू गर्ने निर्णय गरेको जनाएको छ ।
प्रतिष्ठानका अनुसार अब हरेक शनिबार र आइतबार अस्पतालतर्फका अन्तरङ्ग (इनडोर) सेवा र आकस्मिक सेवा भने नियमित रूपमा सञ्चालन हुनेछन् । तर बहिरङ्ग (ओपीडी) सेवा, प्रशासनिक कार्यालय तथा शैक्षिक गतिविधिहरू ती दुई दिन बन्द रहनेछन् ।
यसअघि शुक्रबार आधा दिन मात्रै सञ्चालन हुँदै आएका अस्पतालका सेवा तथा कार्यालयहरू भने अब अन्य दिनसरह पूर्ण समय सञ्चालन हुने प्रतिष्ठानले स्पष्ट पारेको छ ।
प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा सेवाग्राही तथा सरोकारवालालाई नयाँ व्यवस्था अनुसार सेवा लिन आग्रह गरिएको छ ।

मन्त्रिपरिषदबाट सरका ...

काठमाडौँ । मन्त्रिपरिषदको आज बसेको बैठकले आर्थिक ब ...

‘स्थानीयस्तरमा क्रिक ...

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्क ...

खरबुजा ...

सुनसरीको इनरुवा नगरपालिका–४ स्थित थोक तरकारी बजार ...

हराएका ६५ वटा मोटरसा ...

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]