लोकदोहोरीकी सुमधुर स्वर गंगा गौतम आचार्य – सञ्चार र समाजसेवामा पनि सक्रिय

  • वैशाख २५, २०८३ / नेपाल रेखा
alt

इटहरी । पूर्वाञ्चलको लोकदोहोरी क्षेत्रमा निरन्तर सक्रिय रहँदै आफ्नै छुट्टै पहिचान बनाउन सफल गायिका हुनुहुन्छ गंगा गौतम आचार्य । गीत–सङ्गीत, साहित्य, सञ्चार र सामाजिक सेवाको क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि निरन्तर क्रियाशील उहाँ आज पूर्वी नेपालको परिचित सांगीतिक व्यक्तित्वका रूपमा स्थापित हुनुभएको छ ।
हालै चन्द्रलोक प्रतिष्ठान काठमाडौंले उहाँको योगदानको कदर गर्दै विशेष सम्मान प्रदान गरेको छ । गत चैत्र २६ गते बिहीबार नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सम्मानपत्र प्रदान गर्दै उहाँलाई सम्मान गर्नुभएको हो । प्रतिष्ठानका अध्यक्ष सीताराम कार्कीले लोकदोहोरी क्षेत्रमा उहाँले पुर्याएको उल्लेखनीय योगदानका कारण सम्मान गरिएको बताउनुभयो ।
धनकुटा जिल्लामा जन्मिनु भएकी गंगा गौतम आचार्यले हाल इटहरीलाई आफ्नो कर्मथलो बनाउँदै आउनुभएको छ । पूर्वाञ्चलमा लाइभ दोहोरी संस्कृतिलाई जोगाउँदै र निरन्तरता दिँदै उहाँले लोकसङ्गीतको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । गाउँघरका भाका, समाजका पीडा, संस्कृतिका रंग र चेतनामूलक सन्देशलाई गीतमार्फत प्रस्तुत गर्ने उहाँको शैली श्रोतामाझ लोकप्रिय छ ।
सिर्फ गायनमै सीमित नभई उहाँ सञ्चार क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । विगत १२ वर्षदेखि रेडियो तथा टेलिभिजनमा कार्यक्रम प्रस्तोताका रूपमा कार्यरत रहँदै उहाँले जनचेतनामूलक कार्यक्रममार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै आउनुभएको छ । स्पष्ट प्रस्तुति शैली, सहज बोली र आत्मीय एवम् सुमधुर संवादका कारण उहाँ पूर्वाञ्चलका श्रोतादर्शकमाझ प्रिय प्रस्तोताका रूपमा परिचित हुनुहुन्छ ।
सामाजिक सेवामा पनि उहाँको योगदान उल्लेखनीय छ । सामाजिक अभियन्ता तथा सहजकर्ताका रूपमा वातावरण संरक्षण, नेतृत्व विकास, क्षमता अभिवृद्धि, महिला हिंसा न्यूनीकरण तथा पोषण शिक्षाजस्ता विषयमा विभिन्न तालिम तथा प्रशिक्षण सञ्चालन गर्दै आउनुभएको छ । यस क्रममा फिनल्यान्ड तथा अमेरिकाबाट सञ्चालित विभिन्न संस्थासँग सहकार्य गर्दै उहाँले अन्तर्राष्ट्रिय अनुभवसमेत हासिल गर्नुभएको छ ।
गीत–सङ्गीततर्फ उहाँको सक्रियताको उचाई निरन्तर बढ्दो छ । आफ्नै ‘गंगा गौतम’ युट्युब च्यानलमार्फत तीज गीत, तिहार गीत, चेतनामूलक गीत, दोहोरी तथा काठे भाकासहित करिब २ सय भन्दा बढी गीत सार्वजनिक गरिसक्नुभएको छ । नेपाली मौलिक कला–संस्कृतिलाई आधुनिक पुस्तामाझ पुर्याउने उहाँको प्रयास प्रशंसनीय मानिन्छ ।
नेपाल मौसम अनुसार आयोजना गरिने विभिन्न मेला, महोत्सव तथा सांस्कृतिक कार्यक्रममा उद्घोषक तथा गायिकाका रूपमा उहाँको उपस्थिति अनिवार्यजस्तै बन्दै आएको छ । यस्तै मलेसिया, सिङ्गापुर, दुबई, अस्ट्रेलिया, सिक्किम, शिलङ, आसाम र दार्जिलिङलगायतका स्थानमा रहेका प्रवासी नेपालीमाझ पनि उहाँले आफ्नो सांगीतिक प्रस्तुति प्रस्तुत गर्दै नेपाली भाषा, कला र संस्कृतिको प्रचार–प्रसार गर्नुभएको छ ।
उहाँको योगदानको कदरस्वरूप कोशी प्रदेशस्तरीय प्रतिष्ठित ‘नवदेवी सम्मान’, ‘जमुलिङ इन्टरनेसनल अवार्ड’ लगायत विभिन्न सम्मानपत्र, प्रशंसापत्र तथा अवार्डबाट सम्मानित भइसक्नुभएको छ ।
बहुआयामिक प्रतिभाकी धनी गंगा गौतम आचार्यले समाजशास्त्र (सोसोलोजी) मा स्नातकोत्तर तहसम्म अध्ययन गर्नुभएको छ । निरन्तर संघर्ष, कला–संस्कृतिप्रतिको समर्पण र समाजप्रतिको उत्तरदायित्वका कारण उहाँ आज धेरै युवापुस्ताका लागि प्रेरणाको स्रोत बन्न सफल हुनुभएको छ । लोकदोहोरी, सञ्चार र समाजसेवामा उहाँले पुर्याउँदै आएको योगदान नेपाली समाजका लागि महत्वपूर्ण सम्पत्ति बनेको छ ।

Ganga Gautam 2

बिक्री गर्न ल्याइएको ...

सुनसरीको इनरुवा नगरपालिका-४ स्थित थोक तरकारी ...

ढकमक्क फुलेको गोलमोह ...

सुनसरीको इनरुवा नगरपालिका-३, महेन्द्र चोकमा ढकमक्क फुले ...

एघार जना सहसचिवको सर ...

काठमाडौँ । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ । ...

गौँथली चराको बथान ...

शुक्लाफाँटा नगरपालिका-३ को सनबोरा नदी तटिय क् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]