त्रिविविले प्रवासी नेपालीलाई अनलाइनमार्फत पढाउने

  • चैत १७, २०८२ / नेपाल रेखा
alt

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ‘अनलाइन’मार्फत प्रवासी नेपालीलाई पढाउने भएको छ । नेपाली कामदार जाने देशहरू जापान, कोरिया, दक्षिणपूर्वी एसिया र भारतका उत्तरीक्षेत्रमा कार्यरत प्रवासी नेपालीलाई विश्वविद्यालयले स्नातक तहका विषयहरू अध्यापन गराउने भएको हो ।
त्रिवि उपकुलपतिको कार्यालय कीर्तिपुरमा आयोजित छलफलमा उपकुलपति प्रा डा दीपक अर्यालले खाडी देशका नेपाली भाषी समुदाय र प्रवासी नेपालीलाई लक्षित गरी तत्कालका लागि व्यवस्थापन सङ्काय अन्तर्गत बिबिएस र नेपाली भाषा तथा मौलिक संस्कृतिका पक्षहरू समेटेर प्रयोगात्मक परीक्षा आवश्यक नपर्ने नयाँ शैक्षिक कार्यक्रम निर्माण गरी अनलाइन कक्षा सञ्चालन गरिने बताउनुभयो ।
विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा खडग केसीले उच्चशिक्षाको आकाङ्क्षा पूरा गर्न नसकी बाध्यात्मक रूपमा विदेशिएका नेपाली लाभान्वित हुन सकून् भनेर गत मङ्सिर १० गतेको त्रिवि सभामा पास भएको नीतिबमोजिम प्रवासी नेपालीलाई समेटेर खुला तथा दुर शिक्षा केन्द्रद्वारा अनलाइन कक्षा सञ्चालन गर्न लागिएको बताउनुभयो ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]