जेनजी सहिद दीपकसिंह साउदको परिवारलाई रोजगारी

  • चैत १७, २०८२ / नेपाल रेखा
alt

बैतडी । जेनजी आन्दोलनका क्रममा साहदत प्राप्त गरेका यहाँस्थित शिवनाथ गाउँपालिका–२ का दीपकसिंह साउदको घरपरिवारका सदस्यले रोजगारी पाएका छन् ।
सहिद दीपककी भाउजु सरस्वतीले नेपाल विद्युत् प्राधिकरणमा रोजगारी पाएकी हुन् । प्राधिकरणद्वारा हालै रोजगारी पाउने जेनजी सहिदका परिवारका सदस्यहरूको नामावली प्रकाशन गरेको थियो ।
उक्त नामावलीमा सहिद साउदकी भाउजु सरस्वतीको नाम पनि उल्लेख गरिएको छ । प्राधिकरणले सरस्वती सहित २७ जना जेनजी सहिदका परिवारका सदस्यलाई रोजगारी दिने उल्लेख गरेको छ ।
शिवनाथ –२ शर्माली घर भएका दीपकको गएको भदौ २३ गते भएको जेनजी आन्दोलनको क्रममा गोली लागेर मृत्यु भएको थियो । कृषि सहायकको अध्ययन गरेर उनी रोजगारीका लागि दक्षिण कोरिया जाने तयारी गरिरहेका थिए ।
जेनजी आन्दोलनमा दीपकसिंह सहिद भएपछि सरकारले यसअघि नै उनीको परिवारलाई रु १५ लाख राहत उपलब्ध गराइसकेको छ । यस्तै शिवनाथ गाउँपालिकाले पनि सहिद परिवारलाई गाउँपालिकाको तर्फबाट रु एक लाख राहत उपलब्ध गराइसकेको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताउनुभयो । गाउँपालिकाबाट सञ्चालन हुने उद्यमका कार्यक्रममा पनि सहिद परिवारलाई प्राथमिकतामा राखिएको जनाएको छ ।

मोरङमा चैते धानको उत ...

मोरङ । मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ । ग ...

व्यावसायिक पिँडालु ख ...

बाँकेको डुडुवा गाउँपालिका-६ बल्दीपुरुवाका नन् ...

स्वतन्त्र कानून व्यव ...

इटहरी । स्वतन्त्र कानून व्यवसायी मंच सुनसरी गठन गरिएको ...

बिउ काड्दै किसान ...

सुनसरीको इनरुवा नगरपालिका–४ मा शुक्रबार धान रोपाइ ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]