औपचारिक माफी माग्ने सरकारको प्रतिबद्धताप्रति दलित समुदायद्वारा स्वागत

  • चैत १६, २०८२ / नेपाल रेखा
alt

काठमाडौँ । दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि सरकारले औपचारिक रुपमा माफी माग्ने विषयको दलित समुदायले स्वागत गरेका छन् ।
दलित समुदायका नेता, अधिकारकर्मी र विभिन्न सङ्घसंस्थालगायतले मन्त्रिपरिषद्बाट स्वीकृत गरेको शासीकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको (क) को साझा प्रतिबद्धता, समन्वय र जनविश्वासको बुँदा नं ५ लाई स्वागत गरेका हुन् ।
सो बुँदामा भनिएको छ, ‘दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि राज्य, समाज र नीतिगत संरचनावाट भएका अन्याय, विभेद र अवसरवाचनको औपचारिक स्वीकारोक्ति गर्दै सामाजिक न्याय, समावेशी पुनःस्थापना र ऐतिहासिक मेलमिलापको आधार तयार गर्न १५ दिनभित्र राज्यकातर्फबाट औपचारिक क्षमायाचनासहित सुधारमुखी कार्यक्रम घोषणा गर्ने ।’
नेपाल दलित महिला उत्थान सङ्घका अध्यक्ष विन्दु परियारले दलित समुदायमाथि सदियौँदेखि हुँदै आएको बहिष्करण, विभेद, अन्यायको राज्यले नै औपचारिक रुपमा माफी माग्नु स्वागगयोग्य भएको बताउनुभयो ।
समता फाउण्डेशनका अध्यक्ष पदम सुन्दासले संरचनागत सुधारको निम्ति दलित समुदायको प्रतिनिधित्वको सुनिश्चत गर्नुपर्ने धारणा राख्नुभयो । सरकारका पूर्वसचिव डा मानबहादुर विकले वर्तमान सरकारले जस्तै विगतका सरकारले औपचारिक घोषणा गरेको तर कार्यान्वयन नभएको उल्लेख गर्दै कार्यान्वयनका लागि संविधानको कार्यान्वयन र ऐन÷कानुन निर्माण गर्नुपर्ने बताउनुभयो । त्यसको लागि मुख्यगरी दलितसम्बन्धी एकीकृत कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ छ ।

मोरङमा चैते धानको उत ...

मोरङ । मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ । ग ...

व्यावसायिक पिँडालु ख ...

बाँकेको डुडुवा गाउँपालिका-६ बल्दीपुरुवाका नन् ...

स्वतन्त्र कानून व्यव ...

इटहरी । स्वतन्त्र कानून व्यवसायी मंच सुनसरी गठन गरिएको ...

बिउ काड्दै किसान ...

सुनसरीको इनरुवा नगरपालिका–४ मा शुक्रबार धान रोपाइ ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]