तारासँग उज्यालो भविष्यको भरोसा – रामकुमारी चौधरीको जनतासामु प्रतिबद्धता

  • फागुन १७, २०८२ / नेपाल रेखा
alt

इटहरी । सुनसरीको , क्षेत्र नं. २ – राष्ट्रिय स्वाधिनता, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मूल नारासहित नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रामकुमारी चौधरी चुनावी मैदानमा उत्रिएर मत मागिरहेकी छन् । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ‘तारा’ चुनाव चिन्हमा मतदान गरी विजयी गराउन उनले सुनसरी–२ का मतदातासँग अपिल गरेकी छन् ।
बलिदानको सम्मान, उपलब्धिको रक्षा – चौधरीले २००७ सालदेखि ०६२–०६३ को ऐतिहासिक जनआन्दोलनसम्म नेपाली जनताले गरेका त्याग, तपस्या र बलिदानको स्मरण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्व र जनताको सार्वभौमसत्ताको रक्षा आजको प्रमुख आवश्यकता भएको बताइन् ।
‘जनताको रगत, आँसु र पसिनाबाट निर्मित उपलब्धिलाई कमजोर पार्ने कुनै पनि प्रयास सफल हुन दिन्नौं,’ उनले प्रतिबद्धता जनाइन् ।
भौतिक पूर्वाधारमा तीव्रता – देशकै केन्द्रको रूपमा विकास भइरहेको इटहरी, सदरमुकाम इनरुवा, सीमावर्ती देवानगन्ज र विस्तारोन्मुख झुम्का बजारको वैज्ञानिक विस्तृत परियोजना तयार गरी सडक, बिजुली, सिँचाइ र अन्य संरचना निर्माणमा विशेष पहल गर्ने उनको योजना छ । विशेषगरी इनरुवा–देवानगन्ज सडक उच्च प्राथमिकतामा रहनेछ ।
शिक्षाः अनिवार्य र गुणस्तरीय – माध्यमिक तहसम्म निःशुल्क र अनिवार्य शिक्षाको संवैधानिक व्यवस्थालाई कार्यान्वयन गरिने उनले स्पष्ट गरिन् । सामुदायिक विद्यालयको भौतिक सुधार, शिक्षक तालिम, समयानुकूल पाठ्यपुस्तक र प्राविधिक शिक्षाको विस्तारमा जोड दिने प्रतिबद्धता व्यक्त गरिन् ।
स्वास्थ्यमा भरोसा पुनःस्थापना – इटहरी, झुम्का, जिल्ला अस्पताल इनरुवा र देवानगन्जका स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सक, पर्याप्त दरबन्दी, निःशुल्क औषधि र स्वास्थ्य बीमा सेवा सहज बनाइने उनको योजना छ । साथै निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन पहल गरिनेछ ।
कृषि र रोजगारीः ‘दुवही होइन, देवानगन्ज’ – सुनसरी–२ लाई कृषि उत्पादनको केन्द्रका रूपमा स्थापित गर्दै कृषि आधारित उद्योग, बजारीकरण, पशु, बाली, फलफूल बीमा र राज्य लगानी सुनिश्चित गरिने उनले बताइन् । रोजगारी सिर्जना गर्दै ‘दुवही होइन, देवानगन्ज’ भन्ने नारालाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाइन् ।
भूमिहीन र मजदुरका अधिकार – भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित बसोबास, सुरक्षित आवास अधिकार र सामाजिक सुरक्षा कोषमा मजदुरको अनिवार्य आबद्धता गरिनेछ ।
पर्यटन र खेलकुद विकास – तालतलैयालाई जैविक विविधता संरक्षण तथा पर्यटन केन्द्रको रूपमा विकास गर्ने, देवानगन्जमा कृषि पर्यटन प्रवद्र्धन गर्ने योजना अघि सारिएको छ । इटहरी रंगशालाको स्तरउन्नति, डिजिटल पार्क निर्माण र खेलाडीलाई रोजगारमूलक व्यवस्थापन गर्ने कार्यक्रम पनि प्राथमिकतामा छन् ।
धर्म–संस्कृति संरक्षण – थारु समुदायको धर्म, संस्कार र संस्कृतिको संरक्षण–प्रवद्र्धन, मठ–मन्दिर व्यवस्थापन, ज्येष्ठ नागरिक विश्रामस्थल निर्माण तथा सबै धार्मिक समुदायका पर्व र संस्कारको सम्मानजनक व्यवस्थापनमा विशेष पहल गरिने उनले बताइन् ।
जनताको साथमा इमान्दार प्रतिनिधित्व – ‘प्रतिनिधिसभा सदस्यको मुख्य जिम्मेवारी कानुन निर्माण हो, तर विकास समन्वयमा पनि सक्रिय रहनेछु,’ भन्दै चौधरीले आफूलाई इमान्दार, निष्ठावान र समर्पित जनप्रतिनिधिका रूपमा उभ्याएकी छन् ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]