काठमाडौँ । एमएडब्लू राइड्स अन्तर्गत नेपालभर सशक्त डिलर तथा सर्भिस नेटवर्क भएको विश्वकै लोकप्रिय टु–व्हिलर ब्राण्ड यामाहाले यामाहा ब्लू स्ट्रिक्स राइड सफलतापूर्वक सम्पन्न गरेको छ । आफ्नो राइडर समुदायबीच आपसी सम्बन्ध अझ सुदृढ बनाउनुका साथै सुरक्षित र जिम्मेवार राइडिङ संस्कृतिलाई प्रवद्र्धन गर्न यामाहाद्वारा आयोजित उक्त राइड तिरुपति अटो सिटी, इटहरीबाट सुरु भई राजारानी ताल, धनकुटामा पुगेर समापन भएको थियो ।
करिब १०८ किलोमिटर दूरी तय गरिएको राइडमा कुल २० जना यामाहा राइडरहरूको उत्साहजनक सहभागिता रहेको थियो । राइडका क्रममा विभिन्न गतिविधिहरू आयोजना गरिएको थियो, जसमध्ये स्लो रेसमा लक्ष्मण राई विजयी भए ।
यस यामाहा ब्लू स्ट्रीक्स राइडमा सहभागीहरू मध्येबाट राइडिङ अनुभव, सुरक्षित राइडिङप्रतिको प्रतिबद्धता, उत्साह र नेतृत्व क्षमताको आधारमा अमोश लिम्बु र पारस शर्मालाई यस यामाहा ब्लु स्ट्रीक राइडको मार्शल छानिएको थियो ।
यामाहा ब्लु स्ट्रीक्स यामाहा नेपालको आधिकारिक राइडिङ समुदाय हो जसले सुरक्षित र जिम्मेवार राइडिङ संस्कृतिको प्रवद्र्धन गर्नुका साथै राइडरहरूबीच भाइचारा, अनुशासन र वास्तविक राइडिङ अनुभवलाई प्रोत्साहन गर्दै आएको छ । यामाहा नेपालले भविष्यमा पनि यस्ता समुदाय–केन्द्रित राइडहरू निरन्तर आयोजना गर्दै सुरक्षित, जिम्मेवार र अर्थपूर्ण राइडिङ अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
एमएडब्ल्यू राइड्स अन्तर्गत यामाहा नेपालले आफ्नो नवीन इन्जिनियरिङ, भरपर्दो प्रदर्शन र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धताका कारण नेपालको सबैभन्दा विश्वासिलो दुई–पांग्रे ब्रान्डमध्ये एकको रुपमा आफ्नो अग्रस्थान कायम राख्दै आएको छ ।
‘ब्लु स्ट्रिक्स’ बारे थप जानकारीको लागि र कार्यक्रममा सामेल हुन यामाहाको वेबसाइटमा जानुहोस्– https://www.maw2wheelers.com/blue-streaks