नेकपाको सिफारिससँगै सुनसरी–२ मा रामकुमारी चौधरी चर्चाको केन्द्रमा

  • पुस १६, २०८२ / नेपाल रेखा
alt

इटहरी । सुनसरीको राजनीतिक वृत्तमा अहिले एक नाम सबैभन्दा धेरै चर्चामा छ–रामकुमारी चौधरी (रोजिना) । जनयुद्धको सुरुवाती दिनदेखि नै सुनसरीमा पार्टी नेतृत्व गर्दै आएकी चौधरीलाई आगामी संघीय निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारका रूपमा सिफारिस गरिएपछि स्थानीय राजनीतिमा थप चहलपहल बढेको छ ।
पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन २१ गते हुने संघीय निर्वाचनका लागि सुनसरीका चारै निर्वाचन क्षेत्रमा प्रत्यक्ष उम्मेदवार सिफारिस गर्ने क्रममा चौधरीलाई प्रमुख दाबेदारका रूपमा अघि सारेको हो । सुनसरी जिल्ला समितिको पुस ११ गते बसेको बैठकले उनको नाम केन्द्रीय समितिमा पठाएको छ ।
जनयुद्धकालदेखि पार्टी संगठन निर्माण, जनआन्दोलन र स्थानीय स्तरको राजनीतिक संघर्षमा निरन्तर सक्रिय चौधरी समानुपातिक प्रतिनिधित्वमार्फत प्रतिनिधिसभा सदस्य हुँदै संघीय सरकारको कृषि राज्यमन्त्रीसमेत भइसकेकी अनुभवी नेतृ हुन् । युवापुस्तामाझ राम्रो पकड बनाएकी चौधरीलाई सबै वर्ग, समुदाय र विचारलाई समेटेर अघि बढ्ने नेतृका रूपमा चिनिन्छ ।
नेकपा सुनसरीका नेता योगेन्द्र प्रसाद मण्डल (पप्पु) का अनुसार जनसमर्थन, राजनीतिक अनुभव र सक्रियतालाई मुख्य आधार बनाएर उम्मेदवार सिफारिस गरिएको हो । उनीसहित सुनसरी–४ वटै क्षेत्रमा पार्टीको जनाधार मजबुत बनाउने क्षमता भएका कमरेडहरुलाई उमेदवार सिफारिस गरिएको मण्डलले बताए ।
सुनसरी–२ मा चौधरीसँगै एकचन्द्र बराल (निर्मल), डम्बर सुवेदी (हिमाल), जिल्ला संयोजक गोविन्द निरौला र विद्यार्थी नेता प्रविण दाहाल सिफारिस सूचीमा परेका छन् ।
त्यसैगरि, निर्वाचन क्षेत्र नं. १ बाट उमिता बराइली (रिमा), मुक्साम्हाङ्ग मेन्याङ्गवो (मुकेश), अशोक राई, फोक्साहाङ्ग सुब्बा (चोत्लुङ्ग), धरान–१७ का वडाअध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज), रेवतीरमण राई, विद्यार्थी नेता युवराज राई (अलौकिक) र शारदा खड्काको नाम सिफारिस गरिएको छ ।
त्यस्तै निर्वाचन क्षेत्र नं. ३ बाट केशवकुमार विष्ट, सन्तोष थारु (विश्व), भानु मैनाली, कमला दुलाल र दुर्गेश चौधरी सिफारिस भएका छन् ।
निर्वाचन क्षेत्र नं. ४ मा भने पार्टी संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) सहित मो. महफुज अन्सारी, पदमकुमार अधिकारी, कमलबहादुर कटुवाल र रोशन भट्टराईको नाम सिफारिस गरिएको छ ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]