समय नपुगी जन्मिने शिशु बढ्दै, अन्धोपनको खतरा पनि चुलिँदै

  • पुस ११, २०८२ / नेपाल रेखा
alt

इटहरी । नेपाली समाजमा पुड्कोपनजस्तै देखिने तर गम्भीर समस्या बनेर भित्रभित्रै फैलिँदै गएको छ–अन्धोपन । पछिल्लो समय खानपान र जीवनशैलीमा आएको परिवर्तनका कारण नेपालमा नौ महिना नपुगी बच्चा जन्मिने दर दिनानुदिन बढ्दै गएको छ । चिकित्सकहरूका अनुसार समय नपुगी जन्मिएका शिशुमा रेटिनासहित आँखाको विकास पूर्ण रूपमा हुन नपाउँदा भविष्यमा गम्भीर दृष्टि समस्या देखिने जोखिम उच्च हुन्छ ।
विशेषगरी उमेर बढ्दै जाँदा यस्ता बच्चामा रेटिना खुम्चिने समस्या देखापर्ने र त्यसले अन्धोपनसम्म पुर्याउन सक्ने नेत्र रोग विशेषज्ञहरू बताउँछन् । इटहरी आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डाक्टर कुमार प्रिथुका अनुसार, समुदायस्तरमै यस विषयमा चेतना नबढाए समस्या अझ गहिरिँदै जाने खतरा छ ।
डाक्टर प्रिथुले मरणोपरान्त आँखाको नानी दान गरिसकेका वा दान गर्ने सोच बनाएका व्यक्तिहरूलाई इटहरी आँखा अस्पतालमा जानकारी गराउन आग्रह गरे । आँखाको नानी दानले दृष्टिविहीन व्यक्तिको जीवनमा उज्यालो भर्न सक्ने उनको भनाइ छ ।
‘हाम्रो समुदायमा राम्रो दृष्टिकोणको लागि सँगै’ भन्ने नाराका साथ इटहरी आँखा अस्पतालले कोसी प्रदेशका ४२ वटा पालिकामा सरोकारवालासँग सहकार्य गर्दै आँखाको उपचार, सेवा विस्तार तथा जनचेतना अभिवृद्धिमा निरन्तर काम गर्दै आएको छ ।
आँखा स्वास्थ्यप्रति सचेतना फैलाउने उद्देश्यले बिहीवार इटहरीस्थित त्रियुगा होटलको सेमिनार हलमा आयोजित कार्यक्रममा इटहरी उपमहानगरपालिका उपप्रमुख संगिताकुमारी चौधरी, वडा अध्यक्ष माधव कोइराला, होटल व्यवसायी तेजबहादुर पुरी, उद्योग वाणिज्य संघ इटहरी उपाध्यक्ष विष्णु डाँगीलगायत तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । आयोजक इटहरी आँखा अस्पतालले यस्ता कार्यक्रमले समुदायमा दृष्टि सुरक्षाबारे सकारात्मक सोच विकास हुने विश्वास व्यक्त गरेको छ ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]