आगजनीबाट वीरेन्द्र सभागृह जोगाउने अनमोललाई महानगरको धन्यवाद

  • कार्तिक १४, २०८२ / नेपाल रेखा
alt

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरको गौरवका रुपमा रहेको वीरेन्द्र सभागृह तोडफोड र आगजनी हुनबाट जोगाउने युवालाई औचापरिक रुपमा विराटनगर महानगरले धन्यवाद दिएको छ ।
जेनजी आन्दोलनमा सहभागी २३ वर्षीय अनमोल लिम्बूलाई महानगरमा बोलाएर मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालले खादा लगाइदिएर औपचारिक रुपमा धन्यवाद दिएका हुन् । अनमोललाई यसअघि मेयर कोइरालाले फोन गरेर धन्यवाद दिएका थिए ।
अनमोललाई महानगरले विशेष अवसर पारेर सम्मान गर्नेसमेत जनाएको छ । ‘अनमोलको प्रयासका कारण वीरेन्द्र सभागृह आगजनी र तोडफोड हुनबाट जोगिएको छ,’ मेयर कोइरालाले भने, ‘उनलाई हामी विशेष अवसर पारेर सम्मान गर्ने योजनामा छौं ।’
गत भदौ २४ गतेको आन्दोलनका क्रममा विराटनगरका अधिकांश सरकारी कार्यालयमा तोडफोड र आगजनी हुँदा अनमोलसहितका केही युवाको सकारात्मक प्रयासले वीरेन्द्र सभागृह आगजनी हुनबाट जोगिएको थियो ।
नगर विकास कोषसँग ऋण लिएर महानगरले वीरेन्द्र सभागृहको पुनर्निर्माण गरेको हो । २ वर्षभन्दा लामो समय लगाएर करिब २३ करोड लगानीमा पुनर्निर्माण गरिएको सभागृह विराटनगरकै गौरवका रुपमा रहेको छ । सभागृहलाई भाडा लगाएर त्यसबापत प्राप्त आम्दानीबाट नगर विकास कोषको सावा र ब्याज भुक्तानी गर्नेछ । हाल पनि महानगरले कोषको सावा र ब्याज भुक्तानी गरिरहेको छ ।
२०३० सालमा निर्माण गरिएको सभागृह निकै जीर्ण बनेको थियो । जीर्णोद्वारपछि भने सभागृह निकै आकर्षक देखिएको छ ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]