नेवा मिसा दबु इटहरी अध्यक्षमा जमुना मानन्धर

  • असोज २८, २०८२ / नेपाल रेखा
alt

इटहरी । नेवा मिसा दबु इटहरीको दोस्रो नगर अधिवेशनले जमुना मानन्धरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिती चयन गरेको छ ।
उपाध्यक्षमा रिता श्रेष्ठ, सचिवमा रञ्जु श्रेष्ठ, सहसचिवमा निर्मला प्रधान, कोषाध्यक्षमा सम्झना श्रेष्ठ र सदस्यहरुमा गिता श्रेष्ठ, सविता देवी प्रधान, रमिला श्रेष्ठ, कुमारी श्रेष्ठ लगायतका सर्वसम्वत चयन गरेको छ ।
दोस्रो नगर अधिवेशनको अवसर पारेर संस्थापक अध्यक्ष अम्बिका श्रेष्ठले संस्था स्थापना गरि पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै दोस्रो अधिवेशनको उद्घाटन सत्रमा कार्यक्रमकी प्रमुख अतिथी नेवाः मिसा दबुकी केन्द्रीय सदस्य विमला प्रधानले संस्थापक अध्यक्ष अम्बिका श्रेष्ठलाई सम्मान गरिन् ।
नेवा मिसा दबु इटहरीले महिला नेवारी समुदायका भाषा, संस्कार, संस्कृति, कला संरक्षणमा जोड दिदै युवापुस्ताको सहभागिता गराउदै आएको छ ।
दोस्रो अधिवेशनको उद्घाटन सत्रमा नेवा पुच इटहरीका अध्यक्ष कालीदास श्रेष्ठ, नेपा वहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष जितेन्द्र थापा, नेवा दे दबु इटहरीका अध्यक्ष लक्ष्मिभक्त श्रेष्ठ, नेवा मिसा पुचकी अध्यक्ष गंगा श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो । नेवा मिसा दबु इटहरीकी अध्यक्ष जमुना मानन्धरको अध्यक्षतामा भएको उद्घाटन सत्र सम्पन्न भएको थियो ।

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]