पत्रकार आचारसंहिता विपरीतको चरित्रहत्या प्रयासप्रति माओवादी केन्द्रको आपत्ति

  • असोज २६, २०८२ / नेपाल रेखा
alt

काठमाडौं । केही सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र उहाँका परिवारका सदस्यहरूविरुद्ध योजनाबद्ध रूपमा चलाइएका तथ्यहीन र चरित्रहत्या गर्ने उन्मुख समाचारप्रति पार्टीले कडा आपत्ति जनाएको छ ।
संयोजक प्रचण्डको सचिवालयका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ– ‘संकटको संवेदनशील घडीमा पार्टी नेतृत्वविरुद्ध नियोजित ढङ्गले भ्रामक र असत्य सामग्री प्रसारण हुनु अत्यन्त निन्दनीय र आपत्तिजनक कार्य हो ।’
विज्ञप्तिमा थप भनिएको छ, ‘हाम्रो संविधानले विचार तथा अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गरेको छ, तर त्यसको दुरुपयोग गरी अरूको चरित्रहत्या, गालीगलौज र मानहानी गर्न कानूनले स्पष्ट प्रतिबन्ध लगाएको छ । पत्रकार आचारसंहिता अनुसार सूचना प्रवाह गर्दा सत्यता, स्रोतको विश्वसनीयता र सम्बन्धित पक्षको दृष्टिकोण सुनिश्चित गर्नु प्रत्येक सञ्चारकर्मीको नैतिक दायित्व हो ।’
तर, पछिल्ला दिनहरूमा केही सञ्चारमाध्यमहरूले यी मापदण्डहरूको अवमूल्यन गर्दै एकतर्फी, पूर्वाग्रही र प्रायोजित सामग्री प्रस्तुत गरेको सचिवालयको आरोप छ । विज्ञप्तिमा विशेष रूपमा ‘प्रचण्डको निवासबाट जेन–जी आन्दोलनपूर्व दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको’ र ‘गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको’ जस्ता दाबीहरू पूर्णतः निराधार रहेको स्पष्ट गरिएको छ ।
सचिवालयले यस्ता आरोपहरूको प्रमाण सार्वजनिक गर्न चुनौती दिँदै, प्रमाण प्रस्तुत गर्न नसकेमा ती सञ्चारमाध्यमहरूविरुद्ध कानुनी कारबाहीको माग गरेको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसारहरू साइबर कानुनविपरीत छन् । त्यसैले सम्बन्धित निकायहरूले यथाशीघ्र अनुसन्धान र कारबाही गर्नुपर्ने आवश्यकता देखिन्छ ।’
संयोजक प्रचण्डको सचिवालयको तर्फबाट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गोविन्द आचार्यले जारी गरेको प्रेस नोटमा आम जनतालाई भ्रामक प्रचारको भ्रममा नपर्न र यस्ता गैरजिम्मेवार सामग्रीहरूलाई अस्वीकार गर्न पनि अपिल गरिएको छ ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]