संविधानलाई कोमाबाट बाहिर ल्याउन चुनाव अपरिहार्य – गोपाल किराती

  • असोज २३, २०८२ / नेपाल रेखा
alt

इटहरी । देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किरातीले नेपालको संविधानलाई ‘कोमाबाट बाहिर ल्याउनुपर्ने’ बेला आएको बताएका छन् । उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावलाई देशको राजनीतिक निकास र संविधानको पुनर्जीवनका लागि अनिवार्य हो भनेका छन् ।
इटहरीमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व मन्त्रीसमेत रहेका अध्यक्ष किरातीले भने, ‘संविधानलाई जीवन्त बनाउन र समाजवादी रूपान्तरणतर्फ अघि बढ्न फागुन २१ गतेको चुनाव नै निर्णायक हुनेछ । यो निर्वाचन सफल हुन सके संविधान बलियो बन्छ, असफल भए सार्वभौमिकतामै प्रश्न उठ्न सक्छ ।’
किरातीका अनुसार नयाँ पुस्ता, विशेष गरी जेन–जी देशमा उदाउँदै गरेको ‘न्यायपूर्ण नवयुवा विद्रोह’ हो । उनले भने, ‘जेन–जी विद्रोह स्वतःस्फूर्त मात्र होइन, यो नेपाली समाजको आन्तरिक वस्तुगत परिस्थितिबाट उत्पन्न भएको न्यायपूर्ण आन्दोलन हो ।’
उनले देशभक्त समाजवादी मोर्चा चुनाव सफल बनाउन पूर्ण रूपमा अग्रसर रहेको बताउँदै भने, ‘हामीले फागुन २१ गतेको निर्वाचनलाई सफल पार्न, समाजवादी लोकतान्त्रिक सरकार गठन गर्न र परिवर्तनलाई संस्थागत गर्न अभियान चलाइरहेका छौं ।’
अध्यक्ष किरातीले राजनीतिक निकासका लागि संविधानको समाजवादी कार्यान्वयन र समाजवाद स्थापनाका लागि निर्वाचन प्रणालीमै परिवर्तन आवश्यक भएको धारणा राखे । उनका अनुसार वर्तमान प्रणालीले नेपाली जनताको वास्तविक प्रतिनिधित्व सुनिश्चित गर्न सकेको छैन, त्यसैले लोकतान्त्रिक समाजवाद स्थापनाका लागि नयाँ सोच र अभ्यास आवश्यक छ ।
पत्रकार सम्मेलनमा मोर्चाका महासचिव पदम अधिकारीले भने, ‘नेपाली समाजको बनोट अनुसार राजनीति गर्नुपर्छ । हाम्रो उद्देश्य देशको परिस्थितिअनुरूपको समाजवादी राजनीति निर्माण गर्नु हो,’ भन्दै मोर्चाको राजनीतिक दिशा स्पष्ट पारे ।

तीव्र गतिको हावाहुरी ...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ...

वागेश्वरी मन्दिर ...

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबा ...

एस.ई.ई. स्पिकर प्रति ...

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ् ...

सामाजिक सुरक्षा भत्त ...

सुनसरीको इनरुवा नगरपालिका–१ स्थित एनआईएमबी बैंकअग ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]