सुशासनका लागि उठेको जेन–जी आन्दोलनलाई बदनाम बनाउने प्रयत्नप्रति नेता चुडालको कडा टिप्पणी

  • भदौ ३१, २०८२ / नेपाल रेखा
alt

इटहरी । नेकपा (माओवादी केन्द्र) का युवा नेता मदन चुडालले हालै देशभर फैलिएको जेन–जी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै, उक्त आन्दोलनलाई बदनाम बनाउने नियोजित प्रयासहरूप्रति गम्भीर आपत्ति जनाएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्तिमा भनेका छन्, ‘नेपालका विद्यार्थी भाइबहिनीहरूले सुशासनका निम्ति सुरु गरेको यो आम विद्रोह एउटा ऐतिहासिक कदम हो । तर, उनले आन्दोलनको मूल मर्म र उद्देश्यलाई भुल्दै केही पक्षहरूले यो अभियानलाई बदनाम गर्न खोजेको आरोप लगाए । विशेषतः काठमाडौंका मेयर बालेन शाहप्रति संकेत गर्दै उनले भने, ‘तर यो महान अभियानलाई बालेन साह जस्ता पात्रहरूले बदनाम पार्न खोज्नु अहिले आम चासोको विषय बनेको छ ।’
चुडालले आन्दोलनमा अग्रसर रहेका युवा पुस्तालाई पाखा लगाउने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै भने, ‘यदि आन्दोलन सहि उद्देश्यका लागि गरिएको हो भने, त्यसको नेतृत्व युवाहरूबाटै हुनुपथ्र्यो । तर ३–४ दिनको वार्ता र प्रधानमन्त्री चयनका लागि गरिएको लिगलिगे दौडमा नेपाली सेनाको संलग्नता ले आन्दोलनको आत्मालाई नै क्षति पुर्याएको छ ।’
चुडालले अन्तरिम सरकारसम्बन्धी चुलिएको बहसतर्फ संकेत गर्दै धरानका मेयर हर्क साम्पाङको अभिव्यक्तिलाई उद्धृत गर्दै–‘यो अन्तरिम सरकार के हो, हर्क साम्पाङको मुखबाट सुनिहाल्नुभयो होला । अन्ततः हात लागेको शून्य भयो ।’
उनले जेन–जी आन्दोलनले उठाएका विषयहरू–बा हटाएर हजुरआमा ल्याउने कुरा–प्रतीकात्मक भए पनि, त्यसले गहिरो राजनीतिक असन्तुष्टि झल्काएको बताएका छन् । ‘युवाहरूको मुद्दा केवल पुस्ता परिवर्तन होइन, प्रणाली परिवर्तन हो,’ चुडालले जोड दिए ।
उनले आन्दोलनमा सहादत प्राप्त गर्ने महान शहीदहरूलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]