‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु हुनेलाई सरकारद्वारा सहिद घोषणा

  • भदौ २९, २०८२ / नेपाल रेखा
alt

काठमाडौँ । सरकारले यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पदभार ग्रहण गर्नुहुँदै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सो घोषणा गर्नुभएको हो । उहाँले भन्नुभयो, “मुख्य सचिवसँगको छलफलपछि सो प्रदर्शनका क्रममा ज्यान गुमाएका परिवारलाई रु १० लाख क्षतिपूर्ति दिने निणर्यमा मैले हस्ताक्षर गरेकी छु ।”
यसैगरी, प्रदर्शनका क्रममा घाइते हुनेहरुलाई उपचार खर्चसहित केही राहत उपलब्ध गराउने, मृतकका परिवार काठमाडौँमा बस्दा लागेको खर्च व्यहोर्ने, मृतकको शवलाई स्थानीय तह (गाउँ) सम्म लैजान आवश्यक व्यवस्था गर्ने निर्णय भएको प्रधानमन्त्री कार्कीले जानकारी दिनुभयो ।
सरकारका मुख्यसचिव एकनारायण अर्यालले भन्नुभयो, “समाजका सबै बौद्धिक वर्ग, सञ्चारकर्मी, सुरक्षा निकायलगायत आमनेपाली जनता, नेपालमा बस्नेमात्रै होइन, विदेशमा बस्ने सम्पूर्ण नेपाली समुदायले पनि नेपालको विकास र निर्माणको सुरुआत गर्नुपर्ने अवस्था सिर्जना भएको छ, हामी सबैले आआफ्नो ठाउँबाट सोहीबमोजिम योगदान गर्नुपर्नेछ ।”

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]