सत्यको पक्षमा, भ्रष्टाचारको विरुद्ध – जनताको प्रचण्ड नेतृत्व

  • भदौ २९, २०८२ / नेपाल रेखा
alt

सन्तोष थारु (विश्व)

हाम्रो पार्टीको सुप्रीम कमाण्डर अध्यक्ष क.प्रचण्डको नेतृत्वमा १८ महिना सरकार रह्यो । यो अवधीमा सरकारले
१. ललीता निवास जग्गा घोटालाको फाइल खोल्यो ।
२. भुटानी शरनार्थी काण्डको दोषीहरुको छानबिन प्रक्रिया अगाडी बढायो र दोषीहरु लाई जेल हालने काम गर्यो केही अनुसन्धानमा नै थियो ।
३. गिरी बन्धु टी स्टेटको फाईल खोल्यो ।
४. बाल मन्दिरको जगगा फिर्ता गरायो ।
५. त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा भई रहेको सुन तस्करीहरुको सुन समातीयो र त्यसमा संलग्नहरु माथी अनुसन्धान अगाडी बढाई जेल हाल्ने काम गर्यो, यसमा कतीपय आफनै पार्टीका नेता कार्यकरताहरुलाई अनुसन्धान गरी जेल हाल्ने काम पनि भयो ।
६. देशमा रहेको अबैध मिटर व्याजी समस्यालाई समाधान गर्न कानुन बनाई अगाडी बढायो । एंव तरिका बाट जब प्रचण्ड सरकार अगाडी बढदै जादा जब ठुलठुला नेता भ्रष्टचारको काण्डमा मुछिन थाल्यो अनुसन्धानहरु त्यतै तेर्सीन थाल्यो अनी मध्य रातमा प्रचण्ड सरकार बिरुद्व भ्रष्टचारी, दलाल र बिचौलीयाहरुहरुले षडयन्त्र रची देउवा ओलीको दुई तिहाईको भ्रष्ट ओली सरकारको जन्म लिन्छ । यसमा कतीपय हाम्रै पार्टीका केही भ्रष्ट नेताहरुको अघोषीत साथ रहन्छ । त्यस पछीका दिनहरुमा बिचौलीयाहरुको जगजगी, एउटै केशमा नागरीकलाई जेल कांग्रेस एमालेकाहरुलाई छुट । (जापान पुर्याई दिने काण्डमा कोशी प्रदेशका आन्तरिक मामिला मन्त्रीले उन्मुक्ती पाए तर सहयोगी जेल जानु पर्यो । राम्राहरुलाई किनारा लगाउने र नराम्रा भ्रष्टहरु मौका पाउने । (कुलमान हटाई हितेन्द्रलाई ईन गरीयो । कुलमानको पक्षमा उभिने कान्छा बहादुर आउट र भ्रष्ट दिपक खड्कालाई स्याबासी ) ।
सामान्य प्रशासन मन्त्रीको घुसकाण्डको अडियो सार्वजनीक । पास्पोर्ट छपाईमाको काम लाई ओली निकट र देउवा निकट गरी दुई भागमा बिभाजन । भिजीट भिसा प्रकरणमा प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकबाट अर्बौको असुली धन्दा ।
प्रचण्ड नेतृत्वको सरकारले खोलेका सबै फाईल बन्द गरे । दुई तिहाई सरकारको यस्ता भ्रष्ट क्रियाकलापले जनता आजित भएका थिए । बिचौलीयाले चलाएको भ्रष्ट दुई तिहाई सरकार लाई संसदको रोष्टममा उभिएर प्रचण्डले बारम्बार सचिन भनि रहे तर भ्रष्टचार, बेथिति रोकीएन । बरु दिन प्रतिदिन बढदै गए । त्यस पछी हाम्रो पार्टीले भ्रष्टचार र बेथितिको बिरुमा देशव्यापी तराई मधेश जनजागरण अभियान चलाए ।
हाम्रो पार्टीका सबै शिर्ष नेताहरु आफु सच्चिने र जनतासंग माफी माग्ने र जनताकै घरमा बसी जनताकै जिवन शैली अपनाई गाउगाउ घर घर पुगेर ओली सरकारको भ्रष्ट क्रियाकलापको जानकारी माओबादी केन्द्रले नै गरेको हो ।
यसैको जगमा जेन–जी सेप्टेम्बर ८ को को प्रोटेष्ट भएको हो । यसमा हाम्रो पार्टीको समर्थन रहेकै छ । यसमा केही अराजक समुह र राजाबादी समुह बाट हाम्रा नेताहरु पनि निसानामा परे तर जेन्जीले त्यस्तो गरेको कदापी पनि होईन । जेन्जी र माओबादी केन्द्रको एजेण्डा एउटै हो ।
१. भ्रष्टचार उनमुलन, शुसासन कायम ।
२. प्रत्यक्ष कार्यकारी राष्ट्रपती शासन प्रणाली ।
३. पूर्ण समानुपातीक निर्वाचन प्रणाली ।
४. भ्रष्टचार काण्डका सबै फाईल ओपन गर्नु पर्ने (जुन प्रचण्ड सरकारले खोलेका थिए ।
०४६ पछी राज्यका अंगहरुमा जिम्मेबरीमा बसेका राजनीतिज्ञ, सेना प्रहरी र कर्मचारीहरुको उच्च तहमा बसेकाहरुको सम्पती छानबिन गरी राष्ट्रियकरण गर्ने ।
५. युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गरी दिने आदि ।
यो सबै हुदाहुदै केही अपराधीक र देशी बिदेशी तत्वहरुले गर्दा सृजित असहज परिस्थितीमा पार्टी अध्यक्ष क.प्रचण्डलाई ओली देउवा संग दाजने र माओबादी केन्द्रलाई कांग्रेस एमालेसंग एउटै डालोमा राख्ने कुरा स्ीवकार्य हुदैन र छैन । अहिलेको जटील परिस्थितिमा हामी युवाहरुले अझै मजबुदीकासाथ पार्टी र नेतृत्वप्रति ईमान्दारीता पुर्वक गोलबन्द भई हटेर होईन डटेर अगाडी बढ्नु जरुरी देखिन्छ । पार्टी भित्र र बाहीरका केही भडुवा प्रबृतीका नेताहरु हाम्रो पार्टी र अध्यक्ष प्रचण्ड लाई कमजोर बनाउने खेलमा लागेको प्रष्टै देखिन्छ । यस्ता भडुवा प्रबृती को प्रतिबाद गरौ । एक क्रान्तिकारी लिडरजो कुनै पनि शक्तिको सामु घुडा टेकेन र बारम्बार सरकारको नेतृत्वबाट हट्नु पर्यो । जहीले उत्पिडीत बर्ग, उत्पिडीत समुदाय, लिङ्ग र क्षेत्रको निम्ति लडीरह्यो । आज त्यो नेतृत्वको रक्षाको लागी तयार रहौं । हिजो पनि गोली थाप्न अगाडी उभियौ, आज पनि आवश्यक परे बलिदान दिन पछी नपरौ । हाम्रो बिचार र कानतिकारी नेतृत्वको पक्षमा सदैव उभिने प्रतिबध्ता र संकल्प गर्दछौ ।

सुन्तला ...

तनहुँको बन्दीपुर गाउँपालिका -४ , रिपका किसान ...

प्रविधिले किसानलाई स ...

सुनसरीको इनरुवा नगरपालिका-९ मा ठूलो कम् ...

यामाहा तिरुपति अटोसि ...

इटहरी । दयाल वर्कसपमा तिरुपति अटोसिटीले यही मंसिर २१ दे ...

खानेपानी व्यवस्थापन ...

सुनसरीको इनरुवा नगरपालिका-१ स्थित टेम्पो स्टेन्डदेखि बल ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]