सत्यको पक्षमा, भ्रष्टाचारको विरुद्ध – जनताको प्रचण्ड नेतृत्व

  • भदौ २९, २०८२ / नेपाल रेखा
alt

सन्तोष थारु (विश्व)

हाम्रो पार्टीको सुप्रीम कमाण्डर अध्यक्ष क.प्रचण्डको नेतृत्वमा १८ महिना सरकार रह्यो । यो अवधीमा सरकारले
१. ललीता निवास जग्गा घोटालाको फाइल खोल्यो ।
२. भुटानी शरनार्थी काण्डको दोषीहरुको छानबिन प्रक्रिया अगाडी बढायो र दोषीहरु लाई जेल हालने काम गर्यो केही अनुसन्धानमा नै थियो ।
३. गिरी बन्धु टी स्टेटको फाईल खोल्यो ।
४. बाल मन्दिरको जगगा फिर्ता गरायो ।
५. त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा भई रहेको सुन तस्करीहरुको सुन समातीयो र त्यसमा संलग्नहरु माथी अनुसन्धान अगाडी बढाई जेल हाल्ने काम गर्यो, यसमा कतीपय आफनै पार्टीका नेता कार्यकरताहरुलाई अनुसन्धान गरी जेल हाल्ने काम पनि भयो ।
६. देशमा रहेको अबैध मिटर व्याजी समस्यालाई समाधान गर्न कानुन बनाई अगाडी बढायो । एंव तरिका बाट जब प्रचण्ड सरकार अगाडी बढदै जादा जब ठुलठुला नेता भ्रष्टचारको काण्डमा मुछिन थाल्यो अनुसन्धानहरु त्यतै तेर्सीन थाल्यो अनी मध्य रातमा प्रचण्ड सरकार बिरुद्व भ्रष्टचारी, दलाल र बिचौलीयाहरुहरुले षडयन्त्र रची देउवा ओलीको दुई तिहाईको भ्रष्ट ओली सरकारको जन्म लिन्छ । यसमा कतीपय हाम्रै पार्टीका केही भ्रष्ट नेताहरुको अघोषीत साथ रहन्छ । त्यस पछीका दिनहरुमा बिचौलीयाहरुको जगजगी, एउटै केशमा नागरीकलाई जेल कांग्रेस एमालेकाहरुलाई छुट । (जापान पुर्याई दिने काण्डमा कोशी प्रदेशका आन्तरिक मामिला मन्त्रीले उन्मुक्ती पाए तर सहयोगी जेल जानु पर्यो । राम्राहरुलाई किनारा लगाउने र नराम्रा भ्रष्टहरु मौका पाउने । (कुलमान हटाई हितेन्द्रलाई ईन गरीयो । कुलमानको पक्षमा उभिने कान्छा बहादुर आउट र भ्रष्ट दिपक खड्कालाई स्याबासी ) ।
सामान्य प्रशासन मन्त्रीको घुसकाण्डको अडियो सार्वजनीक । पास्पोर्ट छपाईमाको काम लाई ओली निकट र देउवा निकट गरी दुई भागमा बिभाजन । भिजीट भिसा प्रकरणमा प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकबाट अर्बौको असुली धन्दा ।
प्रचण्ड नेतृत्वको सरकारले खोलेका सबै फाईल बन्द गरे । दुई तिहाई सरकारको यस्ता भ्रष्ट क्रियाकलापले जनता आजित भएका थिए । बिचौलीयाले चलाएको भ्रष्ट दुई तिहाई सरकार लाई संसदको रोष्टममा उभिएर प्रचण्डले बारम्बार सचिन भनि रहे तर भ्रष्टचार, बेथिति रोकीएन । बरु दिन प्रतिदिन बढदै गए । त्यस पछी हाम्रो पार्टीले भ्रष्टचार र बेथितिको बिरुमा देशव्यापी तराई मधेश जनजागरण अभियान चलाए ।
हाम्रो पार्टीका सबै शिर्ष नेताहरु आफु सच्चिने र जनतासंग माफी माग्ने र जनताकै घरमा बसी जनताकै जिवन शैली अपनाई गाउगाउ घर घर पुगेर ओली सरकारको भ्रष्ट क्रियाकलापको जानकारी माओबादी केन्द्रले नै गरेको हो ।
यसैको जगमा जेन–जी सेप्टेम्बर ८ को को प्रोटेष्ट भएको हो । यसमा हाम्रो पार्टीको समर्थन रहेकै छ । यसमा केही अराजक समुह र राजाबादी समुह बाट हाम्रा नेताहरु पनि निसानामा परे तर जेन्जीले त्यस्तो गरेको कदापी पनि होईन । जेन्जी र माओबादी केन्द्रको एजेण्डा एउटै हो ।
१. भ्रष्टचार उनमुलन, शुसासन कायम ।
२. प्रत्यक्ष कार्यकारी राष्ट्रपती शासन प्रणाली ।
३. पूर्ण समानुपातीक निर्वाचन प्रणाली ।
४. भ्रष्टचार काण्डका सबै फाईल ओपन गर्नु पर्ने (जुन प्रचण्ड सरकारले खोलेका थिए ।
०४६ पछी राज्यका अंगहरुमा जिम्मेबरीमा बसेका राजनीतिज्ञ, सेना प्रहरी र कर्मचारीहरुको उच्च तहमा बसेकाहरुको सम्पती छानबिन गरी राष्ट्रियकरण गर्ने ।
५. युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गरी दिने आदि ।
यो सबै हुदाहुदै केही अपराधीक र देशी बिदेशी तत्वहरुले गर्दा सृजित असहज परिस्थितीमा पार्टी अध्यक्ष क.प्रचण्डलाई ओली देउवा संग दाजने र माओबादी केन्द्रलाई कांग्रेस एमालेसंग एउटै डालोमा राख्ने कुरा स्ीवकार्य हुदैन र छैन । अहिलेको जटील परिस्थितिमा हामी युवाहरुले अझै मजबुदीकासाथ पार्टी र नेतृत्वप्रति ईमान्दारीता पुर्वक गोलबन्द भई हटेर होईन डटेर अगाडी बढ्नु जरुरी देखिन्छ । पार्टी भित्र र बाहीरका केही भडुवा प्रबृतीका नेताहरु हाम्रो पार्टी र अध्यक्ष प्रचण्ड लाई कमजोर बनाउने खेलमा लागेको प्रष्टै देखिन्छ । यस्ता भडुवा प्रबृती को प्रतिबाद गरौ । एक क्रान्तिकारी लिडरजो कुनै पनि शक्तिको सामु घुडा टेकेन र बारम्बार सरकारको नेतृत्वबाट हट्नु पर्यो । जहीले उत्पिडीत बर्ग, उत्पिडीत समुदाय, लिङ्ग र क्षेत्रको निम्ति लडीरह्यो । आज त्यो नेतृत्वको रक्षाको लागी तयार रहौं । हिजो पनि गोली थाप्न अगाडी उभियौ, आज पनि आवश्यक परे बलिदान दिन पछी नपरौ । हाम्रो बिचार र कानतिकारी नेतृत्वको पक्षमा सदैव उभिने प्रतिबध्ता र संकल्प गर्दछौ ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]