जेन–जीको मागहरू संविधानभित्रै पूरा गर्न सकिन्छ – प्रचण्ड

  • भदौ २६, २०८२ / नेपाल रेखा
alt

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले जेन–जी आन्दोलनका मागहरूलाई संविधानसंगत र लोकतान्त्रिक प्रक्रिया भित्रै सम्बोधन गर्न सकिने स्पष्ट धारणा व्यक्त गरेका छन् । आज जारी विज्ञप्तिमा प्रचण्डले आन्दोलनका एजेण्डाहरूलाई यथास्थितिवाद र तदर्थवादी शासन प्रणालीको विकल्पमा उन्नत लोकतन्त्रको मागका रूपमा संश्लेषण गरेका छन् ।
प्रचण्डले भनेका छन्, ‘लोकतन्त्रको विकल्प समुन्नत र अझ सुदृढ लोकतन्त्र मात्रै हो । गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र हो ।’ उनका अनुसार जेन–जी पुस्ताले उठाएका मुद्दा न संविधान विरोधी थिए, न त संसद् विघटनको पक्षमा ।
विज्ञप्तिमा चेतावनी साथ भनिइएको छ कि जनताको बलिदानीबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने उद्देश्यले आन्दोलनभित्र घुसेका प्रतिगामी तत्वहरू तोडफोड, आगजनी र विध्वंसका कार्यमार्फत आन्दोलनलाई बदनाम गर्न खोजिरहेका छन् । प्रचण्डले यस्ता गतिविधिको कडा आलोचना गर्दै लोकतान्त्रिक आन्दोलन र विध्वंसबीच स्पष्ट भिन्नता गर्नुपर्ने बताए ।
आफू सरकारको प्रधानमन्त्री हुँदा र पार्टी दुवै जेन–जी आन्दोलनप्रति संवेदनशील रहेको जनाउँदै उनले भने, ‘उहाँहरूले उठाएका मागहरू संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाट पूरा हुन सक्छन् भन्नेमा हामी विश्वस्त छौं ।’ तर उनले संविधान र लोकतन्त्रको अवमूल्यन हुने कुनै पनि कार्यलाई सह्य नहुने चेतावनी पनि दिएका छन् ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]