जेन जीको आन्दोलनमा झडपले इटहरीमा तीन बिदा

  • भदौ २४, २०८२ / नेपाल रेखा
alt

इटहरी । सुनसरीको इटहरीमा जेन–जीको नाममा भइरहेको आन्दोलन हिंसात्मक र अराजकतापूर्ण बन्दै गएपछि इटहरी उपमहानगरपालिकाले ३ दिनका लागि विदा दिने निर्णय गरेको छ ।
नगर प्रमुख हेमकर्ण पौडेलले एक विज्ञप्ति जारी गर्दै भदौ २४ गतेदेखि २६ गतेसम्म नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय, शिक्षण संस्था, इटहरी अस्पताल र अत्यावश्यक सेवा बाहेकका सबै स्वास्थ्य संस्था तथा अन्य सरकारी कार्यालयहरू बन्द रहने जानकारी दिएका छन् ।
विज्ञप्तिमा मेयर पौडेलले आन्दोलनको नाममा सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार, सरकारी तथा सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोडजस्ता अराजक गतिविधि भएको जनाएका छन् ।
‘आन्दोलनले अराजक रूप लिएको, सुरक्षाकर्मीमाथि आक्रमण र नगर कार्यालयमा तोडफोड र आगजनी भएको’ भन्दै उनले यस्ता गतिविधिको कडा निन्दा गरेका छन् । साथै, ध्वंसात्मक क्रियाकलापमा संलग्नको पहिचान गरी कानुनी कारबाही गर्न मागसमेत गरेका छन् ।
स्थिति थप नबिग्रियोस् भन्ने उद्देश्यले सबै जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, उद्योगी–व्यवसायी, सञ्चारकर्मी, बुद्धिजीवी लगायत सम्पूर्ण इटहरीवासीहरूलाई संयम र समझदारीका साथ अघि बढ्न उनले आग्रह गरेका छन् ।
उक्त घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मेयर पौडेलले शान्तिका लागि सबै पक्षको सहयोग अपरिहार्य रहेको बताएका छन् ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]