‘जेन जी’ पुस्ताका युवाहरूको प्रदर्शन जारी

  • भदौ २३, २०८२ / नेपाल रेखा
alt

काठमाडौँ । सरकारले समयसिमा तोकेर नेपालमा दर्ता हुन दिएको समयावधि सकिएपछि हाल बन्द गरिएका सामाजिक सञ्जालको सुचारु र भ्रष्टाचारको अन्त्यको माग गर्दै आफूलाई ‘जेन जी’ पुस्ता भनिने युवाहरूको समूहले काठमाडौँमा प्रदर्शन गरेका छन् ।

 काठमाडौँको माइतीघरमा जम्मा भएका प्रदर्शनकारीहरू बबरमहल हुँदै नयाँ बानेश्वरतर्फ अघि बढेका छन् । उनीहरूले निषेधित क्षेत्र न तोड्ने बताएका छन् तर प्रदर्शनका कारण काठमाडौँको यातायात अस्तव्यस्त बनेको छ । प्रदर्शनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । 

आजको प्रदर्शनलाई कतिपय राजनीतिक दलका नेताहरूले ऐक्यबद्धता जनाउँदै प्रदर्शनलाई राजनीतिकरण गर्न खोजेको विश्लेषण पनि गर्न थालिएको छ ।

सन् १९९७ देखि सन् २०१२ सम्ममा जन्मेका युवाहरूले आफूलाई जेन जी पुस्ताका रुपमा चिनाउने गरेका छन् ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]