घाँस काट्दै गर्दा चट्याङ लागेर महिलाको मृत्यु

  • भदौ २३, २०८२ / नेपाल रेखा
alt

सिरहा । सिरहामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सिरहा नगरपालिका–१९ स्थित जोगिया टोलकी ५० वर्षीया सुलेनादेवी मण्डलको आइतबार दिउँसो चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार मण्डल आफ्नै खेतमा घाँस काट्ने क्रममा चट्याङ लागेको थियो ।
सूचना अधिकारी पासवानले भन्नुभयो ,“अचानक मौसम बदलिएसँगै परेको चट्याङले लागेपछि घटनास्थलमै उहाँको मृत्यु भएको पुष्टि भएको छ .।” प्रत्येक वर्ष मनसुनको समयमा चट्याङ लाग्ने घटनामा वृद्धि हुने गरेको भन्दै उहाँले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]