इटहरी । सुनसरीको इटहरीस्थित तिरुपति अटोसिटी यामाहा शोरुमले यामाहा मेघा एक्सचेन्ज मेला आयोजना गर्न लागेको छ ।
मेला भाद्र १५ गतेदेखि २० गतेसम्म (छ दिनसम्म) इटहरी शोरुम परिसर पश्चिमलाइनमा सञ्चालन हुनेछ ।
तिरुपति अटोसिटीले मेलाको अवसरमा १०० वटा यामाहा मोटरसाइकल बिक्री गर्ने लक्ष्यसहित विशेष अफरसहितको मेला आयोजना गरेको हो ।
पुराना बाइक साटेर नयाँ बाइक किन्न चाहने ग्राहकलाई लक्षित गर्दै व्यापार प्रवद्र्धन तथा ग्राहक सन्तुष्टिका लागि मेला आयोजना गरिएको तिरुपति अटोसिटीले जानकारी दिएको छ ।
मेलामा ग्राहकले जुनसुकै पुरानो बाइक ल्याएर कम्तीमा २५ हजार रुपैयाँ मूल्यांकन पाउनेछन् । थप मूल्यांकनमा १० हजारसम्म लाभ उनीहरुलाई हुनेछ । साथै, नयाँ बाइक किन्दा ६ हजार छुट तथा हेलमेट निःशुल्क प्रदान गरिनेछ ।
ग्राहकले अफरको फाइदा उठाउँदै नयाँ बाइक सस्तो मूल्यमा खरिद गर्न सक्नेछन् । साथै तिरुपति अटोसिटीको ब्रान्ड पहिचान थप विस्तार हुने अटोसिटीले अपेक्षा गरेको छ ।