जनता क्याम्पस इटहरीमा बिआइसिटीई कार्यक्रम

  • साउन २९, २०८२ / नेपाल रेखा
alt

इटहरी । पछिल्लो समय आम मानिसको दैनिकी नै प्रविधिमा निर्भर बन्दै गइरहेको छ । हरेक व्यक्तिले प्रविधिको अधिक सदुपयोग गरेर जीवन सहज बनाउन सक्रिय रुपमा जुट्ने गरेका छन् । प्रविधिको उपयोगले नेपाली युवालाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउँदै लगिरहेको छ ।
प्रतिस्पर्धात्मक विश्व बजारमा आफूलाई अग्रस्थानमा राख्न विद्यार्थीहरु आफ्नो भविष्यका लागि प्रविधिको उपयोग गरेर अघि बढ्ने होडबाजी नै चल्न थालेको छ । यही कुरालाई मध्यनजर राखेर विद्यार्थीको सिर्जनशीलता र प्रविधिको उपयोगले नेपाललाई समृद्धिको बाटोमा अघि बढाउन सकिने सोचले इटहरी वडा नं.५ मा सञ्चालित जनता बहुमुखी क्याम्पसले विगत केही वर्षदेखि स्नातक तहमा बिआइसिटीई कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यस कार्यक्रम अध्ययनपछि विद्यार्थीहरूले वेभसाइट निर्माण, कम्प्युटर नेटवर्किङ, सफ्टवेयर विकास, डेटाबेस व्यवस्थापनजस्ता सीपमा दक्षता हासिल गर्छन् । यी सीपहरूले उनीहरूको रोजगारको दायरा देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्न सहयोग पुर्याउँने बिआइसिटीई कार्यक्रम संयोजक मन्दिप भट्टराईले बताए । उनका अनुसार यस शैक्षिक सत्रमा स्नातक तहका लागि भर्ना हुने विद्यार्थीको भदौ ४ गते प्रवेश परीक्षा हुने भएको छ ।
इटहरीकै सबैभन्दा पुरानो र विश्वासिलो शैक्षिक संस्था जनता बहुमुखी क्याम्पसले समयको मागअनुसार आफ्नो पठनपाठन पद्धति आधुनिक बनाएको छ । स्मार्ट बोर्डमार्फत इन्टरएक्टिभ कक्षा सञ्चालन, पठनपाठन सामग्री अनलाइन उपलब्ध गराउने र नियमित आन्तरिक परीक्षा लिनेजस्ता अभ्यासहरू अपनाइएको छ । विषय शिक्षक निरोज पौडेलका अनुसार यसले विद्यार्थीको ज्ञानस्तर मात्र होइन, परीक्षात्मक तयारी पनि उत्कृष्ट बनाइदिएको छ ।
शैक्षिक तथा सुपरिवेक्षण समितिका संयोजक शिवराज दाहालका अनुसार, क्याम्पसले पाठ्यक्रमबाहिरका वर्कसप तथा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूलाई अझ जिज्ञासु, व्यावहारिक र सक्षम बनाउन विशेष पहल गर्दै आएको छ । यसले उनीहरूमा समस्या समाधान गर्ने क्षमता र आलोचनात्मक सोचको विकास गरेको छ ।
सहायक क्याम्पस प्रमुख सञ्जीव यादवका अनुसार बिआइसिटीई कार्यक्रम निजी क्याम्पसहरूले पाँच लाख रुपैयाँसम्म शुल्क लिने गरेका छन् । तर जनता क्याम्पसले त्रिभुवन विश्वविद्यालयको परीक्षा शुल्कबाहेक जम्मा दुई लाख बाउन्न हजार रुपैयाँमै गुणस्तरीय शिक्षा दिइरहेको छ ।
सामान्यतया सूचना तथा प्रविधि कोर्ष भनेको महँगो र सम्पन्न परिवारले मात्र पढ्न सक्ने धारणा रहँदै आएको छ । तर जनता बहुमुखी क्याम्पसले यो कार्यक्रम सञ्चालन गरेपछि यो सीपमूलक अध्ययन सबै वर्गका विद्यार्थीको पहुँचमा पुगेको छ। क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विकास केसीका अनुसार क्याम्पसले उपलब्ध गराउने छात्रवृत्तिबाट धेरै विद्यार्थी लाभान्वित भएका छन् । केही विद्यार्थीले तोकिएको शुल्क समेत तिर्नु नपर्ने अवस्था बनेको छ ।
विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता प्रत्यायानको प्रमाणपत्र प्राप्त गर्न सफल जनता क्याम्पसमा जनता बहुमुखी क्याम्पसले नयाँ कार्यक्रमतर्फ बिआइसिटीईसँगै स्नातक तहमा बिएड, बिबिएस, बिए तथा स्नातकोत्तरतर्फ एमएडसँगै एमबिएसका कार्यक्रम सञ्चालन गरेको छ । कक्षा ११ र १२ का शैक्षिक कार्यक्रम पनि सञ्चालन गरेको छ । यहाँ कुल पाँच हजार आठ सय विद्यार्थी अध्ययनरत छन् ।

तीव्र गतिको हावाहुरी ...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ...

वागेश्वरी मन्दिर ...

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबा ...

एस.ई.ई. स्पिकर प्रति ...

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ् ...

सामाजिक सुरक्षा भत्त ...

सुनसरीको इनरुवा नगरपालिका–१ स्थित एनआईएमबी बैंकअग ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]