युवा नेतृत्वबाटै समृद्धि सम्भव–प्रचण्ड

  • साउन २७, २०८२ / नेपाल रेखा
alt

काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले युवाहरूलाई सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि सक्रिय भूमिकामा अगाडि आउन आह्वान गर्नु भएको छ ।
मंगलबार एक प्रेस विज्ञप्तिमार्फत शुभकामना व्यक्त गर्दै अध्यक्ष प्रचण्डले वर्तमान युवापुस्तालाई राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभ्याउने बेला आएको बताउनु भएको छ । उहाँले युवाहरु ‘भविष्यको नेतृत्व’ मात्र नभई ‘वर्तमानको निर्णायक शक्ति’ को रूपमा पनि देखिएको बताउनु भयो । उहाँले विज्ञप्तिमा भन्नु भएको छ–सृजनशीलता, वैज्ञानिक सोच र परिवर्तनको आकांक्षालाई समृद्ध नेपालको आधार युवाहरु भएका छन् ।’
‘आजको दिनमा बुझ्नुपर्ने कुरा के हो भने युवाहरू भविष्यको नेतृत्व मात्र होइनन्, वर्तमानमा नै राष्ट्र निर्माणका शक्ति हुन्,’ प्रचण्डको भनाइ छ ।
उहाँले आफ्नो अनुभव सुनाउँदै युवा संघको अध्यक्षबाट पार्टीको सर्वोच्च नेतृत्वमा पुगेको यात्राको स्मरण गर्नुभयो । जनयुद्धको नेतृत्व र त्यसबाट आएको संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिमा हजारौँ युवाको बलिदानी समेटिएको उल्लेख गर्दै उहाँले माओवादी केन्द्र नै एक मात्र यस्तो पार्टी भएको दाबी गरे जसले सबै तहमा ४० प्रतिशतभन्दा बढी युवा प्रतिनिधित्व सुनिश्चित गरेको छ भन्नु भयो ।
विज्ञप्तिमा माओवादी नेतृत्वको सरकारले ल्याएका युवा केन्द्रित कार्यक्रमहरूको समेत चर्चा गरिएको छ । युवा स्वरोजगार कोष, राष्ट्रिय युवा परिषद्, युवा उद्यमशीलता कार्यक्रम, स्टार्टअप प्रोत्साहन अभियान, रिटर्नी उद्यमी कार्यक्रमजस्ता पहलले हजारौँ युवालाई स्वरोजगार र नवप्रवर्तनतर्फ अघि बढ्न प्रेरित गरेको अध्यक्ष प्रचण्डको भनाई छ ।
उहाँले विगतका योजनाहरू केवल कागजमा सीमित नभई, व्यवहारमा लागू भएको र जीवनमा परिवर्तन ल्याएको दाबी गर्दै अहिलेको सरकारले ती कार्यक्रमलाई निरन्तरता नदिएको आरोप लगाउनु भएको छ । ।
उहाँले सबै युवालाई आफ्नो सीप, ऊर्जा र विचार जनताका पक्षमा प्रयोग गर्न आह्वान गर्नु भयो । ‘युवालाई राष्ट्र निर्माणको अग्रपंक्तिमा उभ्याऔँ र परिवर्तनको यात्रालाई अझ सबल बनाऔँ,’ भन्दै उहाँले समृद्ध र समाजवादी नेपाल निर्माणमा युवाको अग्रणी भूमिका अपरिहार्य भएकोमा जोड दिनु भयो ।

सुन्तला ...

तनहुँको बन्दीपुर गाउँपालिका -४ , रिपका किसान ...

प्रविधिले किसानलाई स ...

सुनसरीको इनरुवा नगरपालिका-९ मा ठूलो कम् ...

यामाहा तिरुपति अटोसि ...

इटहरी । दयाल वर्कसपमा तिरुपति अटोसिटीले यही मंसिर २१ दे ...

खानेपानी व्यवस्थापन ...

सुनसरीको इनरुवा नगरपालिका-१ स्थित टेम्पो स्टेन्डदेखि बल ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]