इटहरीमा सुशासन कायम गर्न माग राख्दै ६ राजनीतिक दलद्वारा नगरप्रमुखलाई खबरदारी

  • साउन २६, २०८२ / नेपाल रेखा
alt

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका कार्यालयमा सुशासन कायम नभएको साथै जनहितविपरीतको क्रियाकलापहरु बढ्दै गएकाले इटहरी क्षेत्रमा क्रियाशिल राजनीतिक दलहरू तथा सरोकारवालाहरू जुटेर इटहरी नगरप्रमुख हेमकर्ण पौडेललाई खबरदारी पत्र बुझाएका छन् ।
सोमबार इटहरी उपमहानगर प्रमुखलाई ६ वटा राजनीतिक दलका अध्यक्ष, संयोजक साथै प्रतिनिधिहरूले संयुक्तरूपमा खबरदारी पत्र बुझाउँदै बजेट पारित नगरेको, सार्वजनिक सुनुवाइ नगरेको, जनविरोधी कर नीति लागू गरेको, वेरुजु रकम उच्च रहेको भन्दै यी सवालमा तत्काल सुधारको माग गरेका छन् । खबरदारी पत्र बुझाउने दलहरूमा नेपाल कम्युनिष्ट (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मंच (संघीय लिम्बुवान प्रान्तीय नेपाल), र संयुक्त पहिचानवादी मोर्चा इटहरी रहेका छन् । खबरदारी पत्रमा नेकपा (माओवादी केन्द्र इटहरी अध्यक्ष–राजकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टी इटहरी अध्यक्ष–आकाश हाङ सुब्बा, नेकपा एकीकृत समाजवादी इटहरी संयोजक–गौरीमान परियार, ने.क.पा. इटहरी सचिव–नन्दु सी, संयुक्त पहिचानवादी मोर्चा इटहरी संयोजक – राजेन्द्र दाहाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मंच नेपाल इटहरी (संघिय लिम्बूवान प्रान्तीय नेपाल) अध्यक्ष – भिमकुमार लिम्बू रहेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन र संविधानको मर्मअनुसार जिम्मेवार तथा जवाफदेही शासन प्रणाली स्थापित गर्नु अत्यावश्यक रहेकोमा इटहरी उपमहानगरपालिका कार्यालयमा त्यसको विपरित काम भएको भन्दै ६ राजनीतिक दलहरूले तत्काल सुधार गरि सुशासन कायम गर्न चेतावनी दिएका छन् । यस्ता कुशासनका गतिविधिहरू दोहोरिए शान्तिपूर्ण तरिकाबाट चरणबद्ध आन्दोलन गर्ने खबरदारी पत्रमा हस्ताक्षरकर्ता ६ राजनीतिक दलहरुले बताएका छन् ।

Khabardari Ptra

सुन्तला ...

तनहुँको बन्दीपुर गाउँपालिका -४ , रिपका किसान ...

प्रविधिले किसानलाई स ...

सुनसरीको इनरुवा नगरपालिका-९ मा ठूलो कम् ...

यामाहा तिरुपति अटोसि ...

इटहरी । दयाल वर्कसपमा तिरुपति अटोसिटीले यही मंसिर २१ दे ...

खानेपानी व्यवस्थापन ...

सुनसरीको इनरुवा नगरपालिका-१ स्थित टेम्पो स्टेन्डदेखि बल ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]