सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

  • साउन २३, २०८२ / नेपाल रेखा
alt

काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यअनुसार सुनको मूल्य प्रतितोला रु एक लाख ९९ हजार ४०० पुगेको छ ।
बिहीबार प्रतितोला एक लाख ९८ हजार ४०० मा कारोबार भएको छापावाला सुन आज तोलामा रु एक हजारले वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
यस्तै, चाँदीको मूल्य तोलामा १० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला दुई हजार ३१५ मा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला दुई हजार ३२५ मा कारोबार भएको महासङ्घले जनाएको छ ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]