राजनीतिमै सक्रिय भइ मुलुक र नागरिकको सेवामा समर्पित हुनेछु – पूर्वराष्ट्रपति भण्डारी

  • साउन ९, २०८२ / नेपाल रेखा
alt

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो मातृपार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) रही मुलुक र नागरिकको सेवामा समर्पित हुने बताउनुभएको छ ।
आज पत्रकार भेटघाटमा पूर्वराष्ट्रपति भण्डारीले आफूले जननेता मदन भण्डारीबाट एमालेको सदस्यता प्राप्त गरी शपथ लिएको उल्लेख गर्दै पार्टीको निर्णयबमोजिम राष्ट्रपतिबाट जिम्मेवारी पूरा गरी पुनः एमालेमा मै फर्किएको बताउनुभयो ।
“म राजनीति गरेरै राष्ट्रपति पदमा निर्वाचित भएकी हुँ र बाँकी जीवन पनि राजनीतिमा समर्पित गर्नेछु”, उहाँले भन्नुभयो, “मलाई कुनै पदप्रति लालसा, महत्वाकांक्षा र आशक्ति छैन, मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम लेखिसकेकी छु ।”
पूर्वराष्ट्रपति भण्डारीले आफूलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्नुपर्ने कुनै कारण नभएको समेत बताउनुभयो । एमालेको हालै सम्पन्न नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नमिल्ने भन्दै पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो । पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) प्रति एमालेका नेता, कार्यकर्ता र जनसङ्गठनमा आबद्ध सबैको गहिरो आस्था, विश्वास र निष्ठाले नै आज पार्टीले सफलता हासिल गरेको बताउनुभयो ।
“पार्टीलाई वैचारिक रूपले थप सशक्त, साङ्गठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउनुपर्ने दायित्व हाम्रै हो । जननेता मदन भण्डारीको विचारलाई कार्यान्वयन गरेर मुलुकलाई समुन्नत बनाउन सकिन्छ”, उहाँले भन्नुभयो ।

सुन्तला ...

तनहुँको बन्दीपुर गाउँपालिका -४ , रिपका किसान ...

प्रविधिले किसानलाई स ...

सुनसरीको इनरुवा नगरपालिका-९ मा ठूलो कम् ...

यामाहा तिरुपति अटोसि ...

इटहरी । दयाल वर्कसपमा तिरुपति अटोसिटीले यही मंसिर २१ दे ...

खानेपानी व्यवस्थापन ...

सुनसरीको इनरुवा नगरपालिका-१ स्थित टेम्पो स्टेन्डदेखि बल ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]