आठ पालिका एउटै दमकलका भरमा

  • साउन ४, २०८२ / नेपाल रेखा
alt

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ एउटा मात्र दमकलको भरमा छ । आठ पालिका रहेको यो जिल्लामा आगलागीका घटना हुँदा सबै पालिकाले एउटै दमकलको भर पर्नुपर्ने बाध्यता छ ।
आगलागीका घटना जतिबेला पनि हुनसक्ने भए पनि लमजुङमा एउटै मात्र दमकल हुँदा तत्काल घटनास्थलमा पुग्नलाई समस्या हुँदा बेलैमा आगो नियन्त्रण गर्न समस्या हुँदै आएको छ । जिल्लामा चार नगरपालिका र चार गाउँपालिका रहे पनि बेँसीसहर नगरपालिकामा मात्र दमकल छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा दमकल राख्नुपर्ने उल्लेख भए पनि जिल्लाका अन्य सात पालिकाले स्थानीय सरकार आएको यतिका वर्ष हुँदा पनि दमकल खरिद नगर्दा एउटै दमकलको भर पर्दै आएका छ ।
बँेसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालका अनुसार ठूलो आगलागी भएका बेला अन्य स्थानीय तहले हाम्रै नगरकै दमकल प्रयोग गर्ने गरेका छन् । यसरी एउटै दमकल अन्य पालिकाले पनि प्रयोग गर्दा आगलागीका घटना तत्काल नियन्त्रण गर्न समस्या हुने हुँदा अन्य पालिकाले दमकल खरिद गरे आगलागीबाट हुने जनधनको सुरक्षामा मद्दत पुग्ने थियो ।
स्थानीय तहले दमकल खरिद गरी तयारी अवस्थामा राख्नुपर्ने मस्र्याङ्दी गाउँपालिकाका स्थानीय अनिल गुरुङले बताउनुभयो । सुन्दरबजार नगरपालिकाका स्थानीय अमृता घिमिरेले जिल्लाकै दोस्रो ठूलो बजार रहेको यस पालिकामा आगलागी हुँदा दमकल नभएका कारण समयमै आगो निभाउन नसक्दा बढी क्षति हुने गरेको र पालिकाले दमकल खरिद गरी आगाली हुँदा समयमै उपलब्ध गराउनुपर्ने बताउनुभयो ।
अत्यावश्यक साधनप्रति चासो नभएका स्थानीय तहका अधिकांश प्रमुख तथा उपप्रमुखका लागि सुविधायुक्त सवारीसाधन भने छन् । मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले यहाँ आगलागीका घटना विशेषगरी गर्मीयाममा बढी हुने गरेका र आगलागीका बेला दमकल बेँसीसहरकै मगाउने गरेको बताउनुभयो । पालिकाका अधिकांश भागमा दमकल पुग्ने सडक नभएकाले समस्या भइरहेको उहाँको भनाइ छ ।
बेँसीसहरको दमकल मगाउने गरे पनि केही आगलागी हुँदा बेँसीसहरबाट आउँदा समय लाग्छ । आगलागीका घटनामा दमकलको प्रयोग महत्त्वपूर्ण हुने भए पनि भौगौलिक समस्याका कारण खरिद नगरिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताउनुभयो । जिल्लामा सामान्य आगलागी हुँदा दमकलबिना नै प्रहरीले आगो निभाउने गरेका छन् । ठूलो आगलागी हुँदा प्रहरी बेलैमा पुगे पनि दमकल पुग्न समय लाग्ने भएकाले क्षति बढी हुने गरेको प्रहरीले जनाएको छ ।

गर्मी छल्न पौडी ...

सुनसरीको इनरुवा नगरपालिका-६ स्थित सुनसरी मोरङ सिचाइँ आय ...

गृहमन्त्रीलाई ज्ञाप ...

बाराको निजगढमा मङ्गलबार गृहमन्त्री सुधन गुरुङ ...

भानुजयन्ती प्रभातफेर ...

आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका ...

मादी माध्यमिक विद्या ...

इटहरी । संखुवासभाको मादी माध्यमिक विद्यालय पूर्व विद्या ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]