वाइसिएलले श्रम तथा उत्पादन अभियान चलाउने

  • असार २५, २०८२ / नेपाल रेखा
alt

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सहायक सङ्गठन वाइसिएल नेपालले दुई महिने ‘श्रम तथा उत्पादन अभियान’ सञ्चालन गर्ने भएको छ । बुधबार बसेको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले आगामी साउन १ गतेदेखि उक्त अभियान सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष पुष्प ओलीले जानकारी दिनुभयो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभियानको उद्घाटन गर्ने वाइसिएलले जनाएको छ । बैठकमा इन्चार्ज रामप्रसाद सापकोटाले सङ्गठनले गरेका निर्णय कार्यान्वयन गर्न र अभियानलाई सफल पार्न आग्रह गर्नुभयो । वाइसिएलले विपद् व्यवस्थापनमा सक्रियरूपमा खटिइने गरी विपद् व्यवस्थापन समूहसमेत गठन गरेको छ ।
यसैगरी वाइसिएलले वैदेशिक रोजगारमा हुने ठगी, सरकारी कार्यालय तथा निर्माण परियोजनामा हुने ढिलासुस्तीलगायत विरुद्ध दबाबमुलक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसैगरी १६ देखि २५ वर्ष उमेर समूहका युवालाई लिएर ‘पोलिटिकल युथ कन्सर्ट’ आयोजना गर्ने वाइसिएलको तयारी छ ।

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]