गंगा गौतम आचार्यको ‘धनकुटा धरान–२’ लोकदोहोरी गीत सार्वजनिक

  • असार १८, २०८२ / नेपाल रेखा
alt

इटहरी । ‘धनकुटा धरान, कुन ठाउँमा जन्म हुन्छ नी लैलै कहाँ हुन्छ मरन...‘यस सन्देशमूलक भावले भरिएको लोकदोहोरी गीत ‘धनकुटा धरानको उल्लेखनीय सफलता पछि, पूर्वकी चर्चित लोक दोहरी गायिका गंगा गौतम आचार्यले यसको दोस्रो श्रृंखला ‘धनकुटा धरान–२’ सार्वजनिक गरेकी छिन् ।
पूर्वी नेपालको पहाडी भूगोल, सांस्कृतिक धरोहर र पर्यटन सम्भावनालाई समेट्ने उद्देश्यले निर्माण गरिएको यो गीत गायिका गौतमकै शब्द र स्वरमा तयार पारिएको हो । लोकप्रिय गायक शम्भु राईसँगको सहकार्यमा बनेको यो गीतले गीत–संगीतप्रेमी दर्शक–श्रोतामाझ पुनः एक पटक गहिरो प्रभाव पार्ने विश्वास गरिएको छ ।
‘पूर्वको गाउँ रमाइलो ठाउँ, धनकुटा धरान... हासखेल गरौं, कुन बेला जान्छ दुईमुठी परान...’
जस्ता मार्मिक पंक्तिहरू, जसले परदेश, संस्कृति र जीवनको यथार्थतालाई गहिरो ढंगले छुन खोजेका छन् ।
गीतको लय तथा एरेन्ज राम कार्कीले गरेका छन् भने रेकर्डिङ कार्य त्रिवेणी डिजिटल रेकर्डिङ स्टुडियो, काठमाडौंमा सम्पन्न गरिएको हो ।
अडियो रेकर्डिङको राजकुमार बगरले गरेको म्युजिक भिडियोमा गीत उतिकै आकर्षक बनेको छ । पूर्वका निर्देशक तुलसी घिमिरेले निर्देशन तथा सम्पादन गरेको भिडियोलाई छायांकनका लागि धनकुटा र धरानका रमणीय पर्यटकीय स्थलहरूमा गरिएको थियो । दृश्य सामग्रीले पूर्वी पहाडी क्षेत्रको प्राकृतिक सौन्दर्य, जीवनशैली र संस्कृति झल्काएको छ ।
गायिका गंगा गौतम आचार्य, धनकुटामै जन्मिएकी कलाकार हुन्, जसले हालसम्म पाँच दर्जनभन्दा बढी गीत सार्वजनिक गरिसकेकी छिन् र अधिकांश गीतहरू लोकधुनमा आधारित सामाजिक, सांस्कृतिक र प्रेरणादायी सन्देश बोकेका छ ।
उनले कोशी प्रदेशका विभिन्न पालिकाहरूमा आयोजना हुने कार्यक्रमहरूमा लोकदोहोरी मार्फत चेतनामूलक प्रस्तुति दिँदै लोक संस्कृतिको जगेर्नामा सक्रिय भूमिका खेल्दै आएकी छिन् । उनका गीतहरूमा मौलिक भाका, सांस्कृतिक सन्देश र पर्यटन प्रवद्र्धनको अभिप्राय पाइन्छ ।
गायिका गौतमले ‘धनकुटा धरान–२’ गीतले केवल मनोरञ्जन मात्र नभइ हाम्रो लोक संस्कृतिको महत्व, पहाडी जीवनशैली र पर्यटनको सम्भावनालाई पनि उजागर गर्दै पूर्वी नेपालका गाउँबस्ती र ती ठाउँका भावना गीत मार्फत बोल्न खोजिएको छ ।’
गीत सार्वजनिक भएसँगै गंगा गौतम आचार्यको अफिसियल युट्युब च्यानल मार्फत दर्शक–श्रोताले अत्यधिक मन पराएका छन् । भिडियोमा प्रयोग गरिएको दृश्य संयोजन, गीतको धुन र शब्दको भावनात्मक गहिराइले दर्शकको मन छोएको प्रतिक्रिया सामाजिक सञ्जालमा देखिन थालेको छ ।
‘धनकुटा धरान–२’ ले निश्चय पनि नेपाली लोकसंगीतको मौलिकताको संरक्षण गर्दै आधुनिक सन्देशमूलक अभिव्यक्ति दिने उदाहरणीय सिर्जनाका रूपमा चिनिन थालिएको हो ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]