झापाका ५२५ जना वन्यजन्तु पीडित राहतको पर्खाइमा

  • असार ५, २०८२ / नेपाल रेखा
alt

झापा । डिभिजन वन कार्यालय झापाले यहाँका हात्तीपीडितलाई एक करोड ९० लाखभन्दा बढी राहत उपलब्ध गराएको छ ।
चालु आर्थिक वर्ष २०८१–८२ को हालसम्म डिभिजन वन कार्यालय झापा र निर्देशनालयबाट रु एक करोड ९० लाख एक हजार ९९३ राहत उपलब्ध गराइएको डिभिजन वन कार्यालयका पशु चिकित्सक डा सोनाम भलले जानकारी दिनुभयो ।
कार्यालयले ५१० हात्तीपीडित घरपरिवारलाई ६९ लाख ९३ हजार ५६५ र निर्देशनालयले ७३ हात्तीपीडित घरपरिवारलाई एक करोड २० लाख आठ हजार ४२८ राहत उपलब्ध गराएको उहाँले बताउनुभयो । निर्देशनालयले हात्तीको आक्रमणबाट ज्यान गुमाएका १० जना मृतकको परिवारलाई प्रतिपरिवार १० लाखका दरले एक करोड, हात्तीको आक्रमणमा परी घाइते भएका १० जनालाई ११ लाख १८ हजार ६२८, हात्तीले २२ वटा घरको क्षति पुर्याएबापत चार लाख २० हजार, भण्डारण गरिएको अन्नमा क्षति (१८ वटा) पु¥याएबापत एक लाख ८० हजार, अन्नबालीमा क्षति (२९ वटा) पु¥याएबापत दुई लाख ७९ हजार ८०० र एउटा पशुधनको क्षतिपूर्तिबापत रु १० हजार पीडितलाई राहत उपलब्ध गराएको डा भलले जानकारी दिनुभयो ।
जिल्लामा ५२५ जना वन्यजन्तु पीडितलाई अझै राहतको पर्खाइमा छन् । उनीहरूलाई ८७ लाख २४ हजार ५३२ राहत रकम वितरण गर्न बाँकी रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । हात्तीको आक्रमणबाट घाइते भएका छ जनामध्ये चार जनालाई खर्चका लागि फाइल निर्देशनालय पठाइएको छ ।
मेचीनगर–३ की कोपिला लिम्बू, शिवसताक्षी–१ का प्रदीप पासवान, दमक–३ का अविनारायण खत्री र मेचीनगर–१२ की भीममाया राईको फाइल निर्देशनालय पठाइएको छ भने दमक–३ की योगिता दाहाल र रमेश गौतमको फाइल पठाउन बाँकी रहेको डा भलले बताउनुभयो ।
“हात्तीको आक्रमणबाट घाइते भएकालाई बढीमा रु दुई लाख दिने व्यवस्था छ”, उहाँले भन्नुभयो, “अङ्गभङ्ग भएकालाई पाँच लाख राहत उपलब्ध गराइन्छ ।” घाइतेको उपचारमा ठूलो रकम खर्च हुँदा सरकारी तवरबाट प्रदान गरिने उपचार खर्च कम हुने उहाँ बताउनुहुन्छ ।

गोधुली साँझमा माछा म ...

सुनसरीको कोसी गाउँपालिकास्थित नेपाल-भारत सीमामा पर्ने म ...

तीव्र गतिको हावाहुरी ...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ...

वागेश्वरी मन्दिर ...

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबा ...

एस.ई.ई. स्पिकर प्रति ...

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]