विश्व वातावरण दिवसमा मोरङको बेलबारीमा वृक्षरोपण

  • जेठ २३, २०८२ / नेपाल रेखा
alt

बाबुराम मुडियारी

विराटनगर । विश्व वातावरण दिवसको अवसरमा मोरङ जिल्लामा विभिन्न स्थानहरूमा वृक्षरोपण कार्यक्रम गरी दिवस मनाइएको छ । डिभिजन वन कार्यालय मोरङ, विभिन्न वन उपभोक्ता समिति, वन समूह तथा संघ–संस्थाहरूको सहकार्यमा वृक्षारोपण कार्यक्रमहरू आयोजना गरिएका हुन् ।
बेलबारीस्थित सिंहदेवी सामुदायिक वन उपभोक्ता समूह र डिभिजन वन कार्यालय मोरङको संयुक्त आयोजनामा बेलबारीको नदी उकास क्षेत्रमा वृक्षारोपण गरिएको हो । कार्यक्रममा बासका ३०० वटा र खयरका ५०० वटा बिरुवा रोपिएको छ ।
कार्यक्रममा बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राई प्रमुख अतिथिको रूपमा सहभागी हुनु भएको थियो । विशिष्ट अतिथिका रूपमा प्रदेश वन निर्देशनालयका निर्देशक इन्द्रप्रसाद सापकोटा, डिभिजन वन कार्यालय मोरङका निमित्त वन अधिकृत राम लखन ठाकुर, पूर्व डिभिजन वन अधिकृत विष्णुलाल घिमिरे, नेपाल वन निगम विराटनगरका प्रमुख ज्ञानकुमार लामा, सव डिभिजन वन कार्यालय बेलबारीका प्रमुख दिपेश मिश्र लगायत अन्य वन अधिकारी, समिति प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापकहरू तथा विद्यार्थीहरूको उपस्थिति थियो ।
कार्यक्रमका वक्ताहरूले वृक्षरोपणमार्फत वन, वन्यजन्तु तथा वातावरण संरक्षणमा सबैले आ–आफ्नो भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रम सिंहदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लक्ष्मण तामाङ अध्यक्षतामा सम्पन्न भएको थियो ।

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]