इटहरी । नेपालको राजनीतिक, सामाजिक र वैचारिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेपाल बुद्धिजीवी संगठनको प्रदेश १ (कोशी) सम्मेलन सुनसरीको इटहरीमा सम्पन्न भएको छ ।
नरबहादुर कर्माचार्य स्मृति कलेजको सभाहलमा भएको सम्मेलनमा संगठनकी प्रदेश अध्यक्ष राधिका ओझाको अध्यक्षता रहेको थियो । केन्द्रीय सदस्य तिलक कालीकोटेले सञ्चालन गरेका थिए ।
सो सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवम् १ नं. (कोशी ) प्रदेश ईन्चार्ज हरिवोल गजुरेल (सितलकुमार), सङगठनका केन्द्रीय अध्यक्ष कृष्ण के.सी., (माओवादी केन्द्र) १ नं. प्रदेश उपाध्यक्ष शिव डाँगी, सङगठनका उपाध्यक्ष एवम् प्रदेश ईन्चार्ज रमेश गुरागाँईं, महासचिव लक्ष्मीप्रसाद पण्डितलगायतले प्रशिक्षणात्मक दिदै आजको समय बुद्धिजीवी वर्गको मौनताभन्दा सक्रियताको माग गरिरहेको बताए । वैचारिक वर्तमान परिदृश्यमा संगठनले प्रगतिशील, लोकतान्त्रिक र जनपक्षीय विचारको पक्षमा उभिएर समाजमा वैचारिक नेतृत्व दिने प्रयत्न गर्नुपर्ने प्रशिक्षण तथा शुभकामना मन्तव्यका क्रममा बताइयो ।
सचिव जंगराज गिरी केन्द्रीय सदस्यहरु शैलेन्द्र कटुवाल, कुमार काफ्ले, प्रदेश पदाधिकारी तथा सदस्यहरु, बिराटनगर महानगरपालिका साथै विभिन्न १४ वटा जिल्लाबाट प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
सो सम्मेलनमा उपस्थित पार्टी नेतृत्वहरुबाट प्रशिक्षणात्मक शुभकामना मन्तव्य ब्यक्त गरिएको थियो । केन्द्रीय सचिव जंगराज गिरी, केन्द्रीय सदस्यहरु शैलेन्द्र कटुवाल, कुमार काफ्ले सदस्य सहितको ३ सदस्यीय अध्यक्ष मण्डलले ९ जना पदाधिकारी सहित ६५ सदस्यीय प्रदेश समिति सर्वसम्मतरुपमा निर्वाचित गरेको छ ।
जसको अध्यक्षमा नमीता न्यौपाने, उपाध्यक्षहरु– महेन्द्र आचार्य, महेन्द्रप्रसाद मण्डल, बलबहादुर राई रहेका छन् ।
सचिवमा खगेन्द्र पौडेल, सहसचिवहरुमा श्याम पोखरेल, दुर्गा निरौला र राजकुमार राई रहेका छन् । कोषाध्यक्षमा भीम सुब्बा रहेका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई सङगठनका अध्यक्ष कृष्ण के.सी.ले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । नवनिर्वाचित अध्यक्ष नमीता न्यौपानेले समितिको तर्फबाट प्रतिबद्धता मन्तव्य व्यक्त गरेकी थिइन् । केन्द्रीय सचिव एवम् नेपालरेखा डटकमका सल्लाहकार जंगराज गिरीले प्रदेश १ को सम्मेलनले वैचारिक स्पष्टता, समावेशी नेतृत्व र संगठनात्मक विस्तारले प्रगतिशील बुद्धिजीवी आन्दोलनलाई अझ सशक्त बनाउने बताए । उनले भने–‘अबको चुनौती भनेको वैचारिक बहसलाई समाजमा रुपान्तरणकारी शक्ति बनाउँदै लैजानु हो, बुद्धिजीवी वर्ग केवल अवलोकनकर्ता मात्र होइन, परिवर्तनको संवाहकको भूमिकामा देखिनु पर्छ छ ।’