झोराहाटमा मिनी महोत्सव हुने

  • जेठ १७, २०८२ / नेपाल रेखा
alt

बाबुराम मुडियारी
मोरङ । मोरङको ग्रामथान गाउँपालिका झोराहाट अन्तर्गतको दुर्गा आधारभूत विद्यालयको सहयोगार्थ जेष्ठ १९ गतेदेखि असार ५ गतेसम्म मिनी महोत्सव हुने भएकोछ ।
महोत्सवको तयारीबारे शुक्रबार विद्यालयले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । सो महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकार लगायत स्थानीय जातजातिका गीत, संगीत, साँस्कृतिको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।
महोत्सवमा सांगीतिक कार्यक्रम हेर्नका लागि प्रत्येक दिन बेलुका ५ बजेबाट प्रवेश शुल्क सहयोगार्थ १ सय लाग्ने आयोजकले जनाएको छ । मिनी महोत्सवमा स्थानीय जातजातिका परिकार, मनोरञ्जनका लागि रोटे पिङ्ग लगायत खेल सामग्रीहरू रहने छन् । महोत्सवको उद्घाटन पूर्व संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री, संघिय सांसद अमन लाल मोदीको प्रमुख आतिथ्यमा उद्घाटन गरिने आयोजकका तर्फबाट विद्यालयका प्रधानाध्यापक यदु कुमार लुइँटेलले जानकारी दिनुभयो । महोत्सवमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, कोशी प्रदेश सांसद जय प्रकाश चौधरी, भीम पराजुली, ललिता चौधरी, ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझी, ग्रामथान गाउँपालिका उपाध्यक्ष गुणावती देवी थारु लगायतको आतिथ्यतामा महोत्सव उद्घाटन गरिनेछ । यस महोत्सव ग्रामथानको पहिचान र विद्यालयको सहयोगार्थ आयोजना गरिएकोले विद्यालयको हित र विद्यालयको विविध आवश्यक कार्यमा खर्च गरिने जानकारी गराउदै सम्पूर्ण महानुभावहरुलाई महोत्सव सफल बनाउनका लागि सहयोग गरिदिन आयोजकले अनुरोध गरेकोछ । यस विद्यालयमा अल्पसंख्यक विपन्न झाँगड, लगायत समुदायका ६० जना विद्यार्थीहरू अध्ययनरत छन् । ग्रामथान गाउँपालिकाको विद्यालयहरुमध्ये भौतिक पूर्वाधार विकास लगायतमा विकासमा पछि परिएको विद्यालय हो । यस विद्यालयमा तीनै तहका सरकारले विद्यालयको समग्र विकासमा ध्यान जान जरुरी देखिन्छ। पत्रकार सम्मेलनमा विद्यालयका जग्गा दाता दुर्गा मुडियारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सृजना मुडियारी लगायतको उपस्थित रहेको थियो ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]