अदानचुली गाउँपालिका पूर्णखोप सुनिश्चित घोषणा

  • जेठ ४, २०८२ / नेपाल रेखा
alt

हुम्ला । अदानचुली गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको छ । छवटै वडा पूर्णखोप सुनिश्चित भइसकेको र त्यहाँ गाउँपालिकास्तरबाट अनुगमन गर्दा निर्धारित उमेर समूहका बालबालिकाले पूर्णखोप लगाएको पाइएपछि आज गाउँपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो ।
पालिकाका स्वास्थ्य संयोजक विनोद बुढाले गाउँँपालिकाका छवटै वडा पूर्णखोप सुनिश्चित घोषित भएकाले आज एक औपचारिक कार्यक्रम आयोजना गरी पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको जानकारी दिनुभयो । गाउँपालिकाका सातवटा खोप केन्द्रमार्फत खोप दिइरहेकाले सबै खोप केन्द्र हुँदै दुईवटा स्वास्थ्य चौकी र त्यसपश्चात् छवटै वडा घोषणा गरिसकेपश्चात् पूर्णखोप घोषणा गरेको हो ।
अनुगमनका क्रममा लौठी स्वास्थ्य चौकीअन्तर्गत पर्ने लमहीपाल्स खोप केन्द्रमा एक सय २९, हिमालचुली खोप केन्द्रमा ९४ र बारीगाउँ खोप केन्द्रमा एक सय २४ बालबालिका भएकामा सबैले खोप पाएको स्वास्थ्य चौकी प्रमुख नवीन भण्डाराले बताउनुभयो । यसैगरी, श्रीनगर स्वास्थ्य चौकीअन्तर्गत पर्ने कल्खे मकै खोप केन्द्रमा ७८, लौठी विगोठी खोप केन्द्रमा ९६, श्रीनगर खोप केन्द्रमा एक सय ६२ र अन्य छुटपुट दौमुखलगायतका क्षेत्रका ५८ जना गरी जम्मा तीन सय ९४ जना बालबालिका सबैले खोप पाएको श्रीनगर स्वास्थ्य चौकीका निमित्त प्रमुख प्रयोगलाल जैसीले बताउनुभयो ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]