महिला हिंसा न्यूनीकरणका लागि ‘पुरुष सञ्जाल’ गठन

  • जेठ १, २०८२ / नेपाल रेखा
alt

झापा । लैङ्गिक हिंसा न्यूनीकरणका लागि मेचीनगर नगरपालिकामा पुरुष सञ्जाल गठन भएको छ । मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीको अध्यक्षतामा बुधबार बसेको भेलाले १५ सदस्यीय सञ्जाल गठनको निर्णय गरेको हो ।
महिलाले भोग्नु परिरहेका हिंसा न्यूनीकरण गर्न महिला मात्रै सक्रिय भएर नहुने भन्दै पुरुषलाई समेत हिंसामुक्त समाज निर्माणको हिस्सेदार बनाउन सञ्जाल गठन गरिएको नगरप्रमुख बुढाथोकीले बताउनुभयो ।
नवगठित पुरुष सञ्जालको संयोजकमा पत्रकार मोहन काजी र सचिवमा शिक्षासेवी हिम्मत क्षेत्री रहनुभएको छ । सदस्यमा रुपसागर अधिकारी, केसाङ लामा, हेमेन्द्र निरौला, अपूर्व डाँगी, मञ्जिल देवान, मनकुमार लिम्बू, तिलक श्रेष्ठ, ईश्वर रिजाल, गणेशबहादुर कार्की, सचेत घिमिरे, कृष्ण श्रेष्ठ, थेसिस रुचाललगायत रहनुभएको छ ।
लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजनाअन्तर्गत गठन भएको सञ्जालले मेचीनगर नगरपालिकाका १५ वटै वडामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।
समाजमा महिला नै बढी मात्रामा लैङ्गिक हिंसाको सिकार भइरहेको जनाउँदै परियोजनाकी लैङ्गिक हिंसाविरुद्धकी विज्ञ कमला उप्रेती रिजालले समतामूलक नीति निर्माण, न्यायसङ्गत कानुन कार्यान्वयन र पितृसत्तात्मक सोचका विरुद्धको आवाजमा पुरुष सञ्जालले बल प्रदान गर्न विश्वास व्यक्त गर्नुभयो ।
अखिल नेपाल महिला सङ्घकी जिल्ला सदस्य जानुका ओली, उपभोक्ता जागरण अभियान मेचीनगरकी अध्यक्ष रचना घिमिरेलगायतले हिंसाविरुद्ध सबै मिलेर जानुपर्नेमा जोड दिनुभयो ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]