‘सार्वजनिक सेवा प्रसारणको पहिलो प्राथमिकता देश र जनता’

  • वैशाख २९, २०८२ / नेपाल रेखा
alt

नेपालगञ्ज । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समावेशी राज्यको चरित्र अनुसार नेपाल टेलिभिजनले देश र जनताका लागि काम गर्न आवश्यक भएको बताउनुभएको छ ।
कोहलपुरमा सार्वजनिक सेवा प्रसारण नेपाल, ‘एनटिभी’ कोहलपुरको निरीक्षणपछि आयोजित छलफलमा उहाँले सार्वजनिक सेवा प्रसारणको पहिलो प्राथमिकता देश र जनता भएको उल्लेख गर्नुभयो । उहाँले विभिन्न भाषा, धर्म र संस्कृतिको जर्गेना हुने गरी कार्यक्रम सञ्चालन गर्न एनटिभी कोहलपुरलाई निर्देशन दिनुभयो ।
बदलिँदो परिस्थिति अनुसार प्रविधिमैत्री काम गर्न आग्रह गर्दै उहाँले सबै धर्म र संस्कृतिको संरक्षणमा जोड दिनुभयो । मन्त्री गुरुङले धार्मिक सहिष्णुता र जातीय सदभाव कायम गर्न आवश्यक भएकाले त्यस्ता विषयवस्तु छनोटमा ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले काम गर्ने शैली र विषयवस्तु छनोट गर्ने शैली बदल्न जरुरी छ ।” मन्त्री गुरुङ्ले भौतिक पूर्वाधारसँगै जनशक्तिको व्यवस्थापन आवश्यक भएको उल्लेख गर्दै एनटिभीलाई अझै सुधार गरेर लैजान आवश्यक भएको बताउनुभयो ।
सार्वजनिक सेवा प्रशारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले जनशक्ति छनोट समावेशीको सिद्धान्त अनुसार भएको जानकारी दिनुभयो । मन्त्री गुरुङले गोरखापत्र संस्थान, पश्चिम क्षेत्र प्रकाशन कार्यालयको समेत निरीक्षण गर्नुभयो । उहाँले गोरखापत्रको कामको प्रशंसा गर्दै सरकारी विज्ञापन गोरखापत्रमा प्रकाशन गर्नुपर्ने बताउनुभयो ।
गोरखापत्र प्रकाशनलाई समेत ‘पीएसबी’ ढाँचामा लैजान आवश्यक भएकामा जोड दिनुभयो । गोरखापत्र संस्थानका अध्यक्ष विष्णु सुवेदी र महाप्रवन्धक लालबहादुर ऐरीले संस्थानका बिषयमा मन्त्री गुरुङलाई जानकारी गराउनुभएको थियो ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]