कानुन कलेजमा कानुन दिवसमा कानुनका कुरा

  • वैशाख २६, २०८२ / नेपाल रेखा
alt

विराटनगर । मनमोहन विश्वविलायको र्ईन्स्टिच्युट अफ ल कलेजले कानुन दिवसको अवसरमा कानुनबारे हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ ।
शुक्रबार ७३ औ राष्ट्रिय कानुन दिवसको अवसरमा विश्वविद्यालयको मनमोहन ईन्स्टिच्युट अफ लको विराटनगर शनिहाट स्थित काुनन कलेजमा विद्यार्थीहरु विच काुननबारे हाजिरी जवाफ प्रतियोगिता आयोजना भएको हो ।
स्नातक तहको विविए एलएलबीमा अध्यनरत विद्यार्थीहरुलाई पढेका कानुनी कुराहरु स्मरण गराउन हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको कलेजका प्रिन्सिपल कोषराज न्यौपानेले बताए ।
अध्यनरत विद्यार्थीलाई छ वटा समूहमा विभाजन गरेर कानुनबारे हाजिरी जवाफ प्रतियोगिता मार्फत पढेका बिषयहरुबाट प्रश्नहरु सोधेर कानुनी कुराहरु स्मरण गराइको शिक्षक गोबिन्द निरौलाले जानकारी दिए ।
प्रतियोगितामा विजयी र सहभागी विद्यार्थीहरुलाई मनमोहन विश्वविद्यालयका रजिष्ट्रार डा दिलनाथ फुँयाल, डिन प्रा डा प्रचण्डमान प्रधान, रेडक्रस सोसाईटी मोरङका अध्यक्ष सुकदेव मण्डल र मनमोहन पोलिटेक्निकका प्राचार्य सुदिप अधिकारीले पुरस्कार वितरण गरेका थिए ।
मनमोहन प्राविधिक विश्वविद्यालयको ईन्स्टिच्युट अफ ल कलेजमा चालु शैक्षिक सत्रदेखी स्नातक तहको पाँच बर्षे विविए एलएलबी र अपराध कानुनमा स्नातोकोत्तर तहमा एलएलएम पढाई सुरु भएको हो ।

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]