विराटनगर पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको पालिका घोषणा

  • वैशाख २५, २०८२ / नेपाल रेखा
alt

विराटनगर । विराटनगर महानगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको पालिका घोषणा गरिएको छ ।
बुधबार बसेको खोप समन्वय समितिको बैठकले विराटनगरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको पालिका घोषणा गरेको हो । महानगरका सबै वडाहरुमा (० देखि १५ महिना र १६ देखि २३ महिनासम्मका सम्पूर्ण बालबालिकाहरुलाई) घरधुरी सर्वेक्षणमार्फत खोजी गरी खोप लगाएको नलगाएको यकिन गरिएको थियो ।
सर्वेक्षणका क्रममा १५ महिना मुनिका शून्य डोजका ५ जना बच्चा, ७७ जना ड्रप आउट बच्चा, १६ देखि ५९ महिनाका शून्य डोजका १० जना बच्चा र ३७९ जना ड्रप आउट बच्चाहरुलाई राष्ट्रिय खोप तालिकाबमोजिम खोप लगाई वडाहरुबाट पूर्णखोप सुनिश्चितता घोषणा गरिएको महानगरका जनस्वास्थ्य निरीक्षक यादव गौतमले जानकारी दिए ।
खोप समन्वय समितिका अध्यक्षसमेत रहेका मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको बैठकले घोषणासँगै आगामी दिनमा खोप सुनिश्चितताको दिगोपनाको प्रतिबद्धतासमेत जनाइएको थियो ।

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]