विराटनगर महानगरद्वारा डिजिटल नागरिक वडापत्र सञ्चालन

  • वैशाख १५, २०८२ / नेपाल रेखा
alt

विराटनगर । विराटनगर महानगरपालिकाले डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याएको छ ।
महानगर परिसरमा स्थापना गरिएको डिजिटल नागरिक वडापत्रको मेयर नागेश कोइरालाले शुभारम्भ गरे । प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, भौतिक पूर्वाधार महाशाखा प्रमुख अर्जुन थापासहित विभिन्न महाशाखा र शाखा प्रमुखहरुको उपस्थितिमा मेयर कोइरालाले डिजिटल नागरिक वडापत्र शुभारम्भ गरेका हुन् ।
वडापत्रमा महानगरपालिका तथा वडा कार्यालयमार्फत प्रवाह हुने सम्पूर्ण सेवाहरुका बारेमा जानकारी प्राप्त हुनेछ । महानगरपालिकाबाट सार्वजनिक हुने सूचना तथा समाचारहरु समेत वडापत्रमार्फत हेर्न सकिने आइटी शाखाकी इन्जिनियर अर्चना कर्णले जानकारी दिइन् । उनका अनुसार मोबाइल चलाउन जान्ने सबैले वडापत्रमार्फत महानगरबाट प्रवाह हुने सेवासहितका महानगरसँग सम्बन्धित अन्य जानकारीहरु पनि प्राप्त हुनेछ । वडापत्रमा सुन्ने र पढ्ने दुवै सुविधा उपलब्ध रहेको कर्णले बताइन् । जनप्रतिनिधि, विभिन्न महाशाखा प्रमुख, शाखा प्रमुखसहित कर्मचारीहरुको विवरणसमेत राखिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले महानगरले प्रवाह गर्ने सबै सेवा र गतिविधिहरु पारदर्शी रुपमा हेर्न र बुझ्न सजिलो भएको बताए ।
उनले भने, ‘जनताका लागि यो वडापत्रमार्फत अत्यन्तै पारदर्शी र सर्वसुलभ सेवा प्राप्त गर्न सहज भएको छ ।’

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]