‘राजनीतिक उपलब्धिको रक्षा गर्ने जिम्मेवारी माओवादीको हो’

  • वैशाख १३, २०८२ / नेपाल रेखा
alt

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले लामो सङ्र्घ र जनताको वलिदानबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्ने प्रमुख जिम्मेवारी माओवादी केन्द्रको भएको बताउनुभएको छ ।
प्रेस सेण्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारीको शपथ तथा पद हस्तान्तरण कार्यक्रममा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका उपलव्धिको रक्षा तथा यो शासन व्यवस्थालाई सुदृढ गर्न माओवादी केन्द्र सधैँ लागिरकने बताउनुभयो ।
आफ्नो पार्टी जनतासँगको सम्बन्धलाई सुदृढ गर्ने प्रयासमा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले हुलाकी राजमार्ग केन्द्रित अभियानपश्चात् मध्यपहाडी लोकमार्ग र उपत्यकासहित सहरी क्षेत्रमा पनि अभियान सञ्चालन गरिने बताउनुभयो ।
पृथक प्रसङ्गमा अध्यक्ष दाहालले चिकित्सक एवं शिक्षकका जायज माग वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले विचार र नेतृत्वका कारण जनताले माओवादीलाई रुचाएका बताउनुभयो । पत्रकार राष्ट्रका पहरेदार भएकाले सत्यतथ्यमा आधारित समाचारका माध्यमबाट जनतालाई सुसूचित गर्नुपर्नेमा जोड दिनुभयो ।
सेण्टरका पूर्वअध्यक्ष विष्णु सापकोटाले श्रमजीवी पत्रकारको हकहितलाई केन्द्रमा राखेर सङ्गठन अघि बढ्नुपर्ने सुझाउ दिनुभयो ।
नवनिर्वाचित अध्यक्ष कमल गिरीले जनपक्षीय पत्रकारिता, श्रमजीवी पत्रकारको हकहित, स्वरोजगार सञ्चारमाध्यमको पक्षमा निरन्तर लागि रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]