अभ्यासका क्रममा जहाज दुर्घटना हुदाँ थाइल्यान्डका पाँच प्रहरी अधिकारीको मृत्यु

  • वैशाख १२, २०८२ / नेपाल रेखा
alt

थाइल्यान्ड । थाइल्यान्डको रिसोर्ट सहर नजिकै शुक्रबार प्यारासुट प्रशिक्षण अभ्यासका क्रममा एउटा सानो विमान समुद्रमा दुर्घटनाग्रस्त हुँदा पाँच थाई प्रहरी अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बैंककको दक्षिणमा रहेको प्राचुआप खिरी खान प्रान्तको तटमा बिहान ८ः०० बजे (०१०० जिएमटी) दुर्घटना भएको हो ।
प्रहरी प्रवक्ता आर्केयोन क्रेथोङले जहाजमा रहेका छ जना अधिकारीमध्ये पाँच जनाको मृत्यु भएको र छैटौँ गम्भीर घाइते भएर अस्पतालमा रहेको बताउनुभयो ।
अधिकारीहरूले दुर्घटनाको कारण पत्ता लगाउन विमानको ब्ल्याक बक्स डाटा रेकर्डरको जाँच गरिरहेका छन् ।
राजधानीबाट एक सय ३० किलोमिटर (८० माइल) दक्षिणपश्चिममा सप्ताहन्तमा लोकप्रिय यात्रा स्थल चा–आम जिल्लाको किनारबाट करिब एक सय मिटर तल विमान खसेको स्थानीय मिडियाले जनाएको छ ।
सामाजिक सञ्जालमा सेयर गरिएको फुटेजमा विमान समुद्रमा खस्नुअघि घुमाउरो हुँदै गएको र मानिसहरू घटनास्थलमा पुग्न छातीसम्मको पानीबाट हिँडिरहेको देखाइएको छ ।
प्रहरी प्रमुख कित्रात फानफेटले पूर्ण अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
“रोयल थाई प्रहरीले आफ्नो ज्यान गुमाउने बहादुर अधिकारीहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]