बाहुनडाँगीमा बाँदर आतङ्क

  • फागुन २८, २०८१ / नेपाल रेखा
alt

झापा । मेचीनगर नगरपालिका–४ मा हात्तीभन्दा बढी बाँदरले आतङ्क मच्चाउन थालेको स्थानीयको गुनासो छ । स्थानीयका अनुसार बाँदरले खेतबारीमा लगाएको अन्नबाली मात्र नभएर घरमै भण्डारण गरेको अन्न र पकाएर राखेको भातसमेत खाइदिएर हैरान पारेको छ ।
कोरोना महामारीका समयमा बस्ती पसेका बाँदरले निरन्तर दुःख दिन थालेपछि स्थानीय हैरान भएका हुन् । वडा नं ४ की ४५ वर्षीया लीला बस्नेतले बाँदरका कारण बसाइँ सर्नुपर्ने अवस्था सिर्जना भएको बताइन् । “बारीको त कुरा छाडौँ, न पकाएर राखेको भात पनि खान पाउन छाडियो,” उनले भनिन्, “हात्तीले त दुःख दिएकै थियो अब बाँदरले पनि बसिखान दिएन, बसाइ नै हिँड्नुपर्ने भइसक्यो ।” उनले पहिला पहिला मान्छे देख्ने बित्तिकै भाग्ने बाँदर अचेल महिला केटाकेटी मात्र देखे भने झम्टिएर आउने गरेको बताइन् ।

बारीमा लगाएको मकै, गहुँ, केरा, सुपारीलगायत मौसमी अन्नबाली र फलफूल सबैमा बाँदरले क्षति गर्दै आएको स्थानीय कुसुम गौतमले बताइन् । स्थानीय क्षेत्रको चिया बगान, सामुदायिक वन र बाँसघारीलाई बासस्थान बनाएर बसेका बाँदर नखेद्ने हो भने बाँहुनडाँगीवासीले गाउँ छाडेर हिँड्नुको विकल्प नभएको उनको भनाइ छ ।

मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले विगत पाँच वर्षदेखि बाहुनडाँगी क्षेत्रमा बाँदरले दुःख दिँदै आएको बताए । उनले हाल बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्कभन्दा बाँदर आतङ्क बढी भएको बताए । “हात्तीले त खेतबारीको अन्नबाली मात्र खाइदिन्थ्यो”,उनले भने, “बाँदरले त चुलोमा पकाएर राखेको भात नै खाइदिँदोरहेछ, यसको नियन्त्रणबारे छलफल भइरहेको छ विधि पत्ता लगाउन सकेका छैनौँ ।” उनले किसानलाई थोरै भए पनि राहत उपलब्ध गराउने उद्देश्यले वन्यजन्तुबाट अन्नबालीमा पु¥याएको क्षतिको वडामा परेका निवेदनका आधारमा राहत दिँदै आएको बताए ।

उनले किसानलाई राहत दिने उद्देश्यले नै निकट भविष्यमै बाहुनडाँगीवासीका सबै प्रकारका कृषि बालीमा बिमा गरिदिने सोच राखेको बताए ।

यामाहा ब्लू स्ट्रीक् ...

काठमाडौँ । एमएडब्लू राइड्स अन्तर्गत नेपालभर सशक्त डिलर ...

पहेँलपुर तोरी ...

सुनसरीको इनरुवा नगरपालिका-९ स्थित किसानको खेतमा पहेँलपु ...

श्री सहयोगी बचत तथा ...

इटहरी । सुनसरीको ग्रामीण क्षेत्र गढी गाउँपालिका–१ ...

जानकी मन्दिरमा भक्तज ...

अङ्ग्रेजी नयाँ वर्ष २०२६ का अवसरमा आज जनकपुरध ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]