इनरुवा । सुनसरीको इटहरी रंगशालामा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको कबड्डी खेलमा सहभागी विद्यार्थीहरुमाथि इटहरी नगर प्रहरीद्वारा गरिएका अपशब्द प्रयोग र अपमानजनक व्यवहारप्रति वाइसीएल नेपाल इटहरी उपमहानगर कमिटीले कडा आपत्ति जनाएको छ ।
वाइसीएल नेपाल इटहरी उपमहानगर कमिटीका अध्यक्ष तेजु चौधरी र सचिव सन्जय न्यौपानेले एक प्रेस विज्ञप्ति जारी गर्दै इटहरी नगर प्रहरीद्वारा विद्यार्थीहरूलाई मनोबल गिर्ने र भावनामा ठेस पर्ने गरि अपशब्द बोल्दै गरिएको गैरजिम्मेवार र अशोभनीय व्यवहारले विद्यार्थी असुरक्षित भएको जनाइएकोछ । यही फागुन २० गतेको भएको प्रतियोगितामा इटहरी नगर प्रहरीबाट त्यस्तो व्यवहार भएको विज्ञप्तिमा जनाइएकोछ ।
शुक्रबार इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेललाई वाइसीएलले कार्यकक्षमा भेट गरि ज्ञापन पत्रसमेत बुझाएकोछ ।
ज्ञापन पत्रमा वाइसीएलले यस्तो व्यवहार देखाउने दोषी नगर प्रहरीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेको छ ।