काँग्रेसका पुराना नेता जयराज लिम्बु सहित सयौं जना माओवादी केन्द्रमा प्रवेश

  • फागुन १३, २०८१ / नेपाल रेखा
alt

मोरङ । मोरङको कानेपोखरीमा आज लामो समयसम्म नेपाली काङ्ग्रेसमा योगदान गर्नुभएका पुराना नेता जयराज संयोग लिम्बुसहित सयौं जना नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । लामो समय काङ्ग्रेमा योगदान गर्नुभएका लिम्बु गत २०७९ को निर्वाचनमा स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्नुभएको थियो ।
जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत आयोजित कार्यक्रममा उहाँहरु माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो ।
त्यस्तै जसपाका महासमिति सदस्य नारायण कार्की पनि माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उहाँहरुलाई पार्टी प्रवेश गराउनुभएको हो । कानेपोखरी गाउँपालिकाबाट मात्रै नौ सय र अन्य पालिकाबाट गरी एक हजार बढी प्रवेश गरेको र प्रवेश गर्ने अधिअकांश एमाले कार्यकर्ता रहेको माओवादी केन्द्र मोरङले जनाएको छ ।
पार्टी प्रवेश गर्दै लिम्बुले आगामी निर्वाचनमा माओवादीको पक्षमा दुई तिहाइ बहुमत ल्याएर कोशी प्रदेशको नाम खारेज गरेर पहिचान स्थापित गर्न आफू माओवादी केन्द्रमा प्रवेश गरेको बताउनुभयो । अब माओवादीलाई पहिचान पक्षधरको छाता पार्टी बनाउन योगदान गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]