बजार व्यवस्थापनमा सक्रिय इटहरी नगर प्रहरी

  • माघ २५, २०८१ / नेपाल रेखा
alt

इटहरी । सुनसरीको इटहरी स्थित हटियामा हप्ताको दुई दिन आइतबार र वुधवार हाट बजार लाग्ने गर्दछ । हट लाग्ने ठाउँलाई वुधहाट पनि भनिन्छ ।
इटहरीवासीको किनमेलको थलो त हुदै हो वुधवारे हटिया, इटहरी आसपाका सुन्दरहरैंचा, लेटाङ्ग, कानेपोखरी, इनरुवा, झुम्कालगायतका टाढाबाटबाट पनि यस हटियामा सागसब्जी, माछा, मासु, लोकल कुखुरा हाँस, दलहनलगायत विविध किसिमका उपभोग्य वस्तु किनबेच गर्न यहाँ मानिसहरु जम्मा हुने गर्दछन् ।
बुधबारे हटियाबाट सामान किन्ने उपभोक्ताहरु ठगिने पनि गरेका छन्, माघ २३ गते वुधवार हटियालाई व्यवस्थित तथा अनुगमन गर्ने क्रममा इटहरी नगर प्रहरीले आलु व्यापारी विनोद पूर्वेको ढक तराजु बरामद गरेकोछ । पूर्वेले उपभोक्तालाई आलु बेच्दा ठगेको भेटिएपछि उनले प्रयोग गर्ने ढक तराजु बरामद गरिएको इटहरी उपमहानगरपालिका कार्यालय, नगर प्रहरी शाखा प्रमुख जेबी राईले बताए । उनले भने,–‘पूर्वेले ८ किलोग्राम आलु बेच्दा उपभोक्तालाई ७ किलोग्राम मात्र दिएका थिए, तर दाम भने ८ किलोग्रामकै लिएका थिए ।’
विनोद पूर्वेसहित वुधवार ४ जनालाई उपभोक्ता ठगिको आरोपमा कार्बाहीमा परेका छन् । उनीहरुलाई ५ सय जरिवाना गरिएको प्रमुख जेवी राईले बताए । साथै उपभोक्ताले सात किलोग्राम प्याज किन्दा आधा किलोग्राम कम पाइएको पनि उनले बताए ।
हटियामा व्यापारीहरुले प्रयोग गरेका नापतौलका सामानहरु नापतौल विभागबाट नवीकरण नगरिएको भेटिएकोछ ।
इटहरी नगर प्रहरीले पार्किङ्ग निषेधित क्षेत्रमा सवारी पार्किङ्ग गर्ने सवारीधनीलाई पनि जरिवाना गरेकोछ । १ महिनाको अवधीमा २ सय २ जना सवारीधनी कार्बाहीमा परेको नगर प्रहरी शाखाले जनाएकोछ ।
साथै २१ सय सिटी सफारी चालक पनि जरिवानामा परेका छन् । उनीहरुलाई दर्ता तथा नवीकरण प्रक्रिया पूरा नगरी सवारी संचालन गरिएको भन्दै जरिवाना गरिएको हो ।
जरिवानवापत संकलन भएको ५ सय रुपैंया राजश्व शाखामा दाखिला गरिएको नगर प्रहरी प्रमुख राईले जानकारी दिएका छन् । इटहरी उपमहानगर बजार व्यवस्थापनमा नगर प्रहरी बल परिचालन गर्दै आएकोछ ।

‘पाठेघर मुखको क्यान् ...

भोजपुर । पौवादुङमा गाउँपालिकाले महिलामा हुने ‘पाठ ...

एसइई परीक्षाको सम्पू ...

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण का ...

नेपाली सेनाको स्वास् ...

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–६, स्थित घैरू ...

प्रतिगामी शक्तिविरुद ...

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]