विकास निर्माणको गुणस्तरमा ईन्जिनीयरको भूमिका

  • माघ १२, २०८१ / नेपाल रेखा
alt

 

 

ई. विष्णु बुढाथोकी


हाम्रो देश नेपालमा विकास निर्माणका काम अघि बढाइरहदा ठेकेदार र सिभिल इन्जिनियरबीचको तालमेलमा मुख्य चुनौती गुणस्तर र समय व्यवस्थापनमा देखिन्छ । ठेकेदारहरूमा प्रायः कम लागतमा काम सम्पन्न गर्न गुणस्तरमा सम्झौता गर्ने प्रवृत्ति बढ्दोछ । यस्तो प्रवृत्तिले इन्जिनियरहरूको योजना अनुसार प्राविधिक मापदण्ड पूरा गर्न कठिन हुन जान्छ । अनेक झै झमेलाले समयमै काम सम्पन्न गर्न सकिंदैन । साथै, ठेकेदार र इन्जिनियरबीच पारदर्शिता र विश्वासको अभावका कारण निर्णय प्रक्रियामा असमझदारी उत्पन्न हुन्छ । बजेट कटौती, समयमा भुक्तानी नपाउने र ठेकेदारको अनुभवको कमीले पनि तालमेलमा समस्या आउने गरेकोछ ।
स्थानीय स्तरमा ईन्जिनियरहरूको कामको महत्वप्रति बुझाइको कमीका कारण धेरैजसो निर्माण परियोजनाहरूमा अनावश्यक समस्या देखा पर्ने गरेकोछ । जनप्रतिनिधि वा स्थानीयले प्राविधिक मापदण्ड र प्रक्रियाबारे आधारभूत कुरा नबुझी हस्तक्षेप गर्दा काममा ढिलाइ र गुणस्तरमा असर पर्ने गरेकोछ । प्रायः निर्माण कार्य समयमै सम्पन्न गर्नेगरि ईन्जिनीयरले मनसाय राखे पनि आफ्नो व्यक्तिगत फाइदाका लागि गैर–प्राविधिक दबाब सिर्जना गर्ने प्रवृत्तिले परियोजनाको दिगोपनामा नकारात्मक प्रभाव पार्ने गरेकोछ । यसले इन्जिनियरहरूको निर्णय क्षमतालाई कमजोर बनाउने पनि गरेकोछ ।
नेपालमा निर्माण क्षेत्रमा भ्रष्टाचार अनि राजनीतिक हस्तक्षेपले परियोजनाको गुणस्तरमा गम्भीर समस्या सिर्जना गरेको छ । ठेक्कापट्टा प्रक्रियामा पारदर्शिताको कमी, अनियमितता र घूस लिनेदिने चलनले योग्य कम्पनी वा ईन्जिनीयरलाई अवसर नदिइने प्रवृत्ति हावी रहेको छ । साथै, राजनीतिक दबाबका कारण प्राविधिक निर्णय प्रक्रियामा अनावश्यक हस्तक्षेप हुन्छ, जसले कामको मापदण्डमा असर पर्ने गरेकोछ । निर्माण क्षेत्रमा व्याप्त यस्ता समस्याहरू समाधानका लागि कडा निगरानी, पारदर्शी नीति र प्राविधिक स्वतन्त्रताको खाँचो छ ।
नेपाली इन्जिनियरहरूको संगठन एनइओएनको भूमिका विशेष गरी इन्जिनियरिङ क्षेत्रका समस्याहरूलाई सम्बोधन गर्ने र यस क्षेत्रको विकासमा योगदान पुर्याउने हो । यसले विभिन्न माध्यमहरूजस्तै सेमिनार, गोष्ठी र छलफल कार्यक्रममार्फत आवाज उठाउने काम गरेकोछ । समाजमा इन्जिनियरिङको महत्व र जिम्मेवारीको बारेमा चेतना जगाउन विभिन्न चेतनामूलक सन्देशहरू प्रवाह गर्दै आएको छ । अझै जोड दिएर भन्नु पर्दा एनइओएनले इन्जिनियरहरूको हक, अधिकार र सीपको अभिवृद्धिमा सक्रिय भूमिका खेल्दै इन्जिनियरिङ पेशालाई थप सुदृढ बनाउनु पर्छ ।

गर्मी छल्न पौडी ...

सुनसरीको इनरुवा नगरपालिका-६ स्थित सुनसरी मोरङ सिचाइँ आय ...

गृहमन्त्रीलाई ज्ञाप ...

बाराको निजगढमा मङ्गलबार गृहमन्त्री सुधन गुरुङ ...

भानुजयन्ती प्रभातफेर ...

आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका ...

मादी माध्यमिक विद्या ...

इटहरी । संखुवासभाको मादी माध्यमिक विद्यालय पूर्व विद्या ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]