विराटनगरमा संचालित रात्रीकालीन व्यवसाय मापदण्डविपरीत

  • माघ १२, २०८१ / नेपाल रेखा
alt

विराटनगर । रात्रीकालीन समयमा सञ्चालन हुने होटल, गीत–गजल तथा रेष्टुरेन्टलाई व्यवस्थित र मर्यादित बनाउन गठित अनुगमन समितिले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई प्रतिवेदन बुझाएको छ ।
अनुमनगका क्रममा अधिकांश व्यवसायीले न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको छ । उपमेयर शिल्पा निराला कार्की, वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेल, ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, राजस्व महाशाखाका प्रमुख सरोज गौतमलगायतको उपस्थतिमा मेयर कोइरालालाई समितिले प्रतिवेदन बुझाएको हो । रात्रीकालीन होटल, गीतगजल, दोहोरीसाँझ र रेष्टुरेन्टले विकृति सिर्जना गर्नुका साथै ध्वनि प्रदूषण बढेको भन्दै गुनासो आएपछि महानगरले अनुगमन समिति गठन गरेको थियो । समितिले २२ वटा रात्रीकालीन होटल, गीतगजल, दोहोरीसाँझ र रेष्टुरेन्टको अनुगमन गरी प्रतिवेदन तयार पारेको हो । अनुगमन गरेका होटल, गीतगजल, दोहोरीसाँझ र रेष्टुरेन्टमध्ये १२ वटाले ध्वनि प्रदूषण गरेको पाइएको छ । १० वटाले पनि ध्वनि प्रदूषण नियन्त्रणका उपायहरु अपनाएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार कर्मचारीलाई परिचयपत्रको व्यवस्थापन १३ वटाले नगरेको, १८ वटाले पोशाकको व्यवस्थापन नगरेको, सुरक्षा गार्डको व्यवस्थापन १७ वटाले नगरेको, आवासको व्यवस्थापन ४ वटाले नगरेको, अनुगमन गरिएका सबैमा आगलागी नियन्त्रण गर्ने उपकरण नराखेको पाइएको छ ।
अनुगमन गरेका सबैमा सिसी क्यामेरा भने जडान गरिएको पाइएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार केही सिसी क्यामेरा भने मर्मत गर्नुपर्ने अवस्था देखिएको छ । व्यवसायीहरुबीच अस्वस्थ प्रतिस्पर्धा रहेको पनि देखिएको प्रतिवेदनमा औंल्याइएको छ । अनुगमन गरेका २२ रात्रीकालीन होटल व्यवसायमा ३१९ जनाले प्रत्यक्ष रोजगारी पाएको मेयर कोइरालालाई बुझाएको प्रतिवेदनमा उल्लेख छ । अनुगमनका क्रममा कमजोरी भेटिएका व्यवसायीलाई महानगरले सुधार गर्न पत्रसमेत पठाइसकेको छ । गत पुस ४ गते मेयर कोइरालाको अध्यक्षतामा बसेको व्यवसायीसहितको सरोकारवालाहरुको बैठकले महानगर प्रहरीका निरीक्षक राजन पौडेलको संयोजकत्वमा अनुगमन समिति गठन गरेको थियो । समितिमा महानगरको राजस्व शाखाका कर्मचारी बासुदेव भण्डारी, रात्रीकालीन होटल व्यवसायी संघका अध्यक्ष सुरज श्रेष्ठ, होटल व्यवसायी बविता चौधरी, नारायण तिम्सिना सदस्य रहेका थिए ।

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]