इटहरीमा ‘कोशी एक्सिलेन्स अवार्ड–२०८१’ हुने

  • माघ ९, २०८१ / नेपाल रेखा
alt

इटहरी । इटहरीमा रहेको नयन एड्भरटाइजिङ मिडिया प्रालिद्वारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबरले ‘कोशी एक्सिलेन्स अवार्ड’को तयारी गरेको छ ।
आफ्नो स्थापनाको दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षको अवसर पारेर आगामी फागुन ७ गते एक कार्यक्रमको आयोजना गरी कोशी एक्सिलेन्स अवार्डको तयारी गरिएको हो ।
मिडिया प्रालिका अध्यक्ष पवन अधिकारीले विज्ञप्ति मार्फत कोशी प्रदेशमै पहिलो पटक हुन लागेको यस्तो किसिमको अवार्ड विभिन्न १३ विधामा प्रदान गर्न लागेको जनाएका छन् ।
अधिकारीका अनुसार शिक्षा, स्वास्थ्य, सञ्चार, साहित्य, पर्यटन, कृषि, कर्पोरेट, बैंिकङ, खेलकुद, सामाजिक, स्टार्टअप, टेक्नोलोजी र इन्स्योरेन्स विधामा महत्वपूर्ण योगदान पुर्याएका व्यक्ति तथा संस्थाहरूलाई अवार्ड प्रदान गरिनेछ ।
‘१३ विधाका उत्कृष्ट व्यक्ति तथा संस्थालाई अवार्ड प्रदान गरिने र यसलाई पारदर्शी बनाउनका लागि चार सदस्यीय निर्णायक समितिसमेत छनोट गरिएको छ,’ अधिकारीले भने, ‘अहिले उक्त निर्णायक समितिले अवार्ड प्राप्त गर्ने व्यक्ति वा संस्था छनोटका लागि काम गरिरहेको छ ।’
कोशी प्रदेशमा जन्मिएर आफ्नो कार्य क्षेत्रमा उत्कृष्ट योगदान दिएका व्यक्तिहरूलाई अवार्ड प्रदान गर्न लागिएको उनले बताए । ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ कार्यक्रमका लागि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे प्रमुख अतिथिको रूपमा रहने उनको भनाइ छ ।
इटहरीस्थित सोल्टी वेस्टेन्ड होटेलमा हुने कार्यक्रममा विभागीय मन्त्रीहरूसहित सरकारी ओहदाका विशिष्ट व्यक्तिहरू, विभिन्न पालिकाका प्रमुख तथा जनप्रतिनिधिहरूसहितको उपस्थिति हुने अधिकारीले बताए ।
कार्यक्रम संयोजक विवेक रेग्मीले उक्त अवार्ड कार्यक्रमले कोशी प्रदेशको व्यापार, व्यवसाय प्रवद्र्धनसँगै पर्यटनको क्षेत्रमासमेत टेवा पुग्ने दाबी गरे । ‘यो कार्यक्रमले व्यापारको प्रवद्र्धनसँगै पर्यटन क्षेत्रमा पनि टेवा पुग्नेछ,’ उनले भने, ‘कोशी प्रदेश सरकारले भ्रमण वर्ष २०८१ को तयारी गरिरहँदा हाम्रो यस कार्यक्रमले कोशीको पर्यटनलाई केही हदसम्म भए पनि प्रवद्र्धन गर्ने विश्वास गरेका छौँ ।’
कम्पनीले गत वर्ष प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरी पत्रकारितासहित विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गरेको थियो । यस वर्षको अवार्ड कार्यक्रमलाई काफल्स इटहरीले म्यानेजमेन्टको जिम्मा लिएको छ ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]