निःशुल्क स्वास्थ्य शिविरमा ३ सयभन्दा बढीको स्वास्थ्य जाँच

  • पुस २९, २०८१ / नेपाल रेखा
alt

विराटनगर । नोना कोइराला स्मृति प्रतिष्ठान विराटनगरले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३ सयभन्दा बढीले स्वास्थ्य चेकजाँच गरेका छन् ।
बूढीगंगा गाउँपालिका केएचडीसी नेपालको सहयोगमा बूढीगंगा वडा नम्बर ४ मा अवस्थित सरस्वती आधारभूत स्कुलमा भएको एकदिने निःशुल्क स्वाथ्य शिविरबाट ३ सय जनाभन्दा बढीले स्वास्थ्य चेकजाँच गरेका हुन् ।
बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगरले उद्घाटन गरेको शिविरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. सन्जीवकुमार शर्माले निःशुल्क स्वास्थ्य शिविरबाट इको, फोक्सो, इसिजी र सुगर टेस्टलगायतका स्वास्थ्य उपचारमा सहयोग पु¥याएको नोना कोइराला स्मृति प्रतिष्ठानका महासचिव अमित श्रीवास्तवले जानकारी दिए । श्रीवास्तवका अनुसार उक्त शिविरमा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । नोना कोइराला स्मृति प्रतिष्ठानकी अध्यक्ष पुनम कोइराला, वडा नं. ४ का अध्यक्ष शशीकान्त चौधरीलगायतको उपस्थितिमा भएको शिविरमा विभिन्न स्वास्थ्य जाँच गरिएको थियो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफ्नी आमाको नाममा बूढीगंगा गाउँपालिकाका प्रत्येक वडामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको अध्यक्ष थापामगरले बताए ।
अध्यक्ष थापामगरका अनुसार प्रत्येक महिना यस गाउँपालिकाका ७ सय भन्दा बढी मानिसले स्वास्थ्य उपचार पाइराखेका छन् ।
शिविरमा २ जना मुटुका जटिल बिरामी पत्ता लागेर उनीलाई काठमाडौं पठाइएको छ । बूढीगंगा गाउँपालिकाभित्र बसोबास गर्ने दलित, विपन्न र पछाडि परेका समुदायलाई लक्षित गरेर स्वास्थ्य शिविर आयोजना गरिएको महासचिव श्रीवास्तवले जानकारी दिए ।
प्रतिष्ठानले स्वास्थ्य शिविरका साथै विभिन्न सामाजिक कार्य गर्दै आएको अध्यक्ष कोइरालाले बताइन् ।

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]