कुमोद अधिकारी
विराटनगर । मोरङको कटहरी गाउँपालिकाको दोश्रो गाउँसभाको छैठौं अधिवेशन सम्पन्न भएको छ । सो पालिकामा आयोजित अधिवेशनले कार्यपालिकाको विभिन्न समयमा वसेको वैठकवाट पारित निर्णयहरु अनुमोदन गरेको छ ।
वैठकले कटहरी गाउँपालिकामा भइरहेका विकास निर्माण, राजश्व तथा कर संकलन, अतिरिक्त समयमा खटेका कर्मचारीहरुको खाजा तथा खाना खर्च, स्वास्थ्य विमा कार्यक्रम संचालन कार्यविधिको पहिलो संशोधन स्वीकृत, प्रधानमन्त्री रोजगार कार्यक्रको योजना स्वीकृत, पालिकाको जनप्रतिनिधिलाई चडपर्व खर्च, सो पालिकाको सातैवटै वडामा तिज, तिहार, जितिया, दशै तथा छठपर्वका लागि एक, एकलाख रुपैयाका दरले आर्थिक सहायता, सो पालिकाका फलफुल तथा तरकारी बजारमा आयोजना भएको कृषि एक्स्पो नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेसलाई पाँच लाख आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।
त्यसैगरि पालिकामा कार्यरत कर्मचारीहरुको तह वृद्धि गाउँपालिकाको लागि आवश्यक चारचक्के सवारी साधन खरिद गर्ने, पालिकामा नगर प्रहरीको व्यवस्था, पालिकाको नीति तथा कार्यक्रम वमोजिम स्वयंसेवक शिक्षक व्यवस्थापन, व्यवसाय सम्वन्धि कर सम्वन्धि कार्यविधि, हाट बजारहरुको न्युनतम कर निर्धारण गर्ने जस्ता विषयमा सो अधिवेशनले निर्णय गरेको छ । यसैगरि अधिवेशनले चालु आर्थिक वर्षको वार्षिक योजनामा समावेश भएका केहि कार्यक्रम तथा योजनाहरु संशोधन गर्दै वजेट थप घट गरेको छ भने केहि योजनाहरु हटाउदै नयाँ योजना तथा कार्यक्रम समेत स्वीकृत गर्ने निर्णय गरेको छ । गाउँसभाको छैठौ अधिवेशनको उद्घाटन गर्दै पालिकाका अध्यक्ष देवराज चौधरीले पालिकाले आवश्यकता अनुसार विभिन्न विषयलाई अनुमोदन गरेको र पालिकाको योजनाहरुलाई थप प्रभावकारी वनाउन वजेट थपघट गरेको वताए। कटहरी गाउपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा विकास निर्माणजस्ता योजना तथा कार्यक्रमलाई महत्व दिएको उनले वताए । अध्यक्ष चौधरीले पालिकाका जनप्रतिनिधि तथा कर्मचारीको समन्वयमा आफूहरुले जनताको चाहना वमोजिम विकास निर्माणको कामलाई अघि वढाएकाले लामो समयदेखी अधुरा र अपुरो भई बसेको पूर्वाधारको कामले अहिले गति लिएको वताए ।
विराटनगर–रंगेली सडक अन्तर्गत आफ्नो पालिकाको क्षेत्रमा निर्माणमा ढिलाई भइरहेको हुलाकी सडकको निर्माण कार्यलाई तिव्रता दिन सम्वन्धित निकायलाई पहल गरिरहेको उनको भनाई थियो ।